Prakash Adhikari May 9, 2019

 

विशाखपट्नम (भारत),२५ बैशाख । १२ औं संस्करणको इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्सले आईपीएलको दोश्रो क्वालिफायरमा पुगेको छ ।

दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससंग शुक्रबार खेल्ने छ ।

बुधबारको खेलमा पहिले ब्याटिंग गर्दै हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य दिल्लीले ८ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्यो।

टस जितेर फिल्डिड. रोजेको दिल्लीले १ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले राम्रो सुरुवात गर्यो। पहिलो विकेटका रुपमा शिखर धवन १७ रन बनाएर आउट भए । दोस्रो विकेटका रुपमा कप्तान श्रेयस ऐय्यर ४९ रन बनाएर बाहिरिए र तेस्रो विकेटमा ओपनर पृथ्वी शाले ५६ रन बनाएर ११ औं ओभरमा आउट भए।त्यसपछि पनि दिल्लीले लगातार विकेट गुमायो । कोलिन मुनरो १४ तथा अक्षर पटेल खाता नखोली आउट भए।

कप्तान श्रेयस ऐय्यर बाहिरिएपछि ब्याटिड. सम्हालेका रिशभ पन्तले रन र बलको अन्तर बढीरहेको बेला पन्तले १८ औं ओभरमा बासिल थम्पीको एकै ओभरमा २ छक्का र २ चौका प्रहार गर्दै दिल्लीलाई विजयको ढोकैमा पुर्याए ।१९ औं ओभरमा ४९ रन बनाएर पन्त आउट हुँदा दिल्लीलाई जित्न ७ बलमा ५ रन आवस्यक थियो। १९ औं ओभरको अन्तिम बलमा रन नदिंदा दिल्लीलाई अन्तिम ओभरबाट ५ रन निकाल्नु पर्ने भयो ।

अन्तिम ओभरमा केमो पौल र अमित मिश्राले ब्याटिड. सम्हालेका थिए । बलिंगमा पहिल्यै २ ओभरमा १ विकेट लिएका खलिल एहमद ।पहिलो बल खलिलले वाइड गरे । दोश्रो बलमा अमित मिश्राले १ रन लिए । दिल्लीलाई जित्न ३ बलमा २ रन आवस्यक रह्यो ।
तेश्रो बलमा अब्स्ट्रकिङ्ग द फिल्डको रुपमा अमित मिश्रा आउट भए ।चौथो बलमा केमो पौलले चौका प्रहार गर्दै दिल्लीलाई जित दिलाए ।

दिल्लीलाई रोक्ने क्रममा सन राईजर्स हैदरवादका बलर भुवनेश्वर कुमार र खलिल एहमदले र राशिद खानले २ / २ विकेट लिए । तर यसले पनि उनीहरुलाई दोस्रो क्वालिफायरमा पुर्याउन सकेन ।

सन राइजर्सको यात्रा समापन

dc vs sunrisers hyderabadको लागि तस्बिर परिणाम

यस अघि टस हारेर ब्याटिंग गरेको सन राइजर्स हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार गरेको थियो।

हैदरावादको लागि मार्टिन गुप्तिलले सर्वाधिक ३६, मनिष पाण्डेले ३०, कप्तान केन विलियमसनले २८, विजय शंकरले २५ र मोहम्मद नबीले २० रन बनाए । वृद्धिमान शाँले ८,दीपक हुडाले ४ र बासिल थम्पीले १ रनको योगदान दिए ।

सन राइजर्स हैदरावादलाई दिल्ली बलर केमो पौलले ३ विकेट तथा इशान्त शर्माले २ विकेट लिए । ट्रेन्ट बोल्ट र अमित मिश्रा १ / १ विकेट लिए।

अब दिल्लीले चेन्नाईसंग शुक्रबार दोस्रो क्वालिफायर्स खेल्ने छ । यसमा जितेमा आइतबार मुम्बईमा हुने फाइनलमा मुम्बईसंग प्रतिस्पर्धा गर्न पाउनेछ ।

सन्दीपलाई विश्रामै विश्राम

sandeep lamichhaneको लागि तस्बिर परिणाम

नेपाली खेलाडी सन्दीप लामिछानेका लागि दिल्लीसंगको आबद्धता त्यति फलिफापपूर्ण रहेन । उनलाई पहिलो खेलमा नै अनावश्यक विवादमा तान्न खोजे उनको रिस गर्नेहरुले,म्याच फिक्सिड.को आरोप लगाएर । उनको ब्याटिड.पक्षमा भएको कमजोरीलाई आधार बनाएर कप्तानले धेरै अवसर दिएनन् । हालसम्म दिल्लीले खेलेका १५ खेलमध्ये उनले ६ खेलमा मौका पाए र ८ विकेट लिए । सन्दिपले कोलकाता नाइट राइडर्सविरुद्ध १, किंग्स ११ पन्जाबविरुद्ध –२, सनराइजर्स हैदराबादविरुद्ध १, रोयल च्यालेन्जर्स बैंगलोर – १ विकेट , किंग्स ११ पन्जाबविरुद्धको दोस्रो खेलमा ३ विकेट लिएका थिए । उनी रोयल च्यालेन्जर्सविरुद्धको दोस्रो खेलमा भने विकेटबिहिन बने ।

Share Now

Leave a comment.