
काठमाडौं, २९ बैशाख । नेपाली युवा क्रिकेट स्टार सन्दीप लामिछाने १२ औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेट खेलेर आइतबार स्वदेश फिर्ता भएका छन् ।
सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्र्दै यस पटकको आइपीएल आफ्नो लागि शानदार रहेको बताउदै सन्दीपले यसले नेपाली क्रिकेटलाई पनि भविष्यमा थप फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
उनले आईपीएलका विश्वस्तरका खेलाडीहरुसंगको खेलका क्रममा आफूले धेरै सिक्ने अवसर पाएको पनि बताए ।
लगातारको क्रिकेट प्रतियोगिताले शरीरले विश्राम खोजेको बताएका सन्दीपले आसन्न प्रधानमन्त्री कप प्रतियोगितामा आफू सहभागी नहुने बरु परिवारसँग केही समय बिताउने योजना बनाएको पनि सुनाए ।
नेपाली क्रिकेटप्रेमीहरुले खेल मैदानमा उनलाई पछ्याईरहेको भएता पनि डेढ महिना अघि आईपीएल खेल्न भारत पुगेका उनी घरायसी कामले बीचमा नेपाल आएर फर्किनुपरेको रहस्योद्घाटन पनि उनले गरे।
सन्दीपलाई अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले भव्य स्वागत गरेका थिए ।
आईपीएलको ११ औं संस्करणमा अन्तिम तीन खेलमा अवसर पाएका सन्दीपले ५ विकेट लिएका थिए भने यसपटकको आईपीएलमा उनले ६ खेलबाट ८ विकेट बटुले ।
उनी आबद्ध दिल्ली क्यापिटल्स यसपटक दोस्रो क्वालिफायर्ससम्म पुग्यो ।
भारतीय क्रिकेटका समीक्षकहरुले दिल्लीको बलिड. कमजोर भएका खेलमा सन्दीपको माग गर्दै उनलाई नखेलाउनु दिल्लीका कप्तानको कमजोरी भएको आँैंल्याएका थिए । कतिपयले भने कप्तानको उनीमाथि विश्वास कम हुनाले कम अवसर दिइएको बताएका थिए ।
आईपीएलको ठीक पहिले पाकिस्तान प्रिमियर लिगमा समेत खेल्ने अवसर पाएका सन्दीपलाई सुरुमा नै उनको ईष्र्या गर्ने
हरुले म्याच फिक्सिड. मा परेको झूटो आरोप लगाएर विवादमा पारेका थिए । भारतीय क्रिकेट बोर्डले छानवीन गरि सफाईदिए पछि पनि उनको प्रदर्शन कमजोर देखिएका खेलमा उनीप्रति तिखो र तितो टिप्पणी गर्नेहरुको कमी थिएन ।
तर सबै विवादलाई सहज रुपमा पचाएका सन्दीपले आफूले धेरै कुरा सिक्न पाएको बताएर डाहाले जल्नेहरुको समेत मन जितेका छन् ।