Prakash Adhikari May 12, 2019

हैदराबाद (भारत),२९ बैशाख । भारतीय क्रिकेटको सबैभन्दा चर्चित लिग मानिएको इण्डियन प्रिमियर लिगको १२ औं संस्करणको फाइनल खेल अहिले हैदराबादमा आरम्भ भएको छ ।

खेलमा मुम्बई इण्डियन्सले टस जितेर ब्याटिड. रोजेको छ । फाइनलमा आज मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स् भिड्दै छन् ।

मुम्बई इण्डियन्सको नेतृत्व कप्तान रोहित शर्माले सम्हालिरहेका छन भने चेन्नाई सुपर किंग्सको नेतृत्व कप्तान महेन्द्रसिंह धोनीले सम्हालिरहेका छन् ।

Mumbai XI: 1 Quinton de Kock (wk), 2 Rohit Sharma (capt), 3 Suryakumar Yadav, 4 Ishan Kishan, 5 Hardik Pandya, 6 Krunal Pandya, 7 Kieron Pollard, 8 Mitchell McClenaghan, 9 Rahul Chahar, 10 Lasith Malinga, 11 Jasprit Bumrah

 

Super Kings XI: 1 Shane Watson, 2 Faf du Plessis, 3 Suresh Raina, 4 Ambati Rayudu, 5 MS Dhoni, 6 Dwayne Bravo, 7 Ravindra Jadeja, 8 Deepak Chahar, 9 Harbhajan Singh, 10 Imran Tahir, 11 Shardul Thakur 

मुम्बईले चेन्नाईलाई पहिलो क्वालिफाएरमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने चेन्नाईले दोस्रो क्वालियफायरमा दिल्ली क्यापिटल्सलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको हो ।

यी दुवै टीम आईपीएल क्रिकेटका सबैभन्दा सफल टीम मानिन्छन् ।

यी दुई टीमले अहिलेसम्म उपाधिका लागि फाइनलमा तीन पटक भिडन्त गरेका छन् जसमा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नाईले उपाधि उचाल्ने मौका पाएको छ ।

दुवै टिमले तीन तीन पटक आईपीएलको उपाधि जितेका छन् ।

चेनाईले यो सहित आठौ पटक फाइनल खेल्दैछ भने मुम्बईले यो सहित पाँचौ पटक फाइनल खेल्न लागेको हो ।

धोनी नेतृत्वको चेन्नाई बलियो टीम मनिए पनि यस संस्करणमा मुम्बईले नै चेन्नाईलाई पछि पारेको छ ।

१२ औं संस्करणका खेलमा लिग चरणमा दुई पटक र क्वालिफायरमा एकपटक गरि तीन पटक भिड्दा तिनै पटक नै मुम्बईले चेन्नाईलाई जितेको थियो ।

चेन्नाईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियोm बीचमा टीम कारबाहीमा परेकोले उसले तेस्रो उपाधि जित्न २०१८ कुर्नु परेको थियो ।

उता मुम्बईले पहिलो उपाधि २०१३ मा पाएको थियो भने २०१५ र २०१७ को उपधि पनि उसले जितेको थियो ।

Share Now

Leave a comment.