Prakash Adhikari May 12, 2019

लुधियाना(पञ्जाब,भारत)२९ बैशाख। भारतीय महिला लिगमा सेथु फुटबल क्लबमा आबद्ध भएर खेलिरहेकी नेपाली राष्ट्रिय फरवार्ड साबित्रा भण्डारीले आइतबार पनि ह्याट्रिक गरेकी छन् ।

उनी आबद्ध सेथु फुटबल क्लबले आफ्नो चौथो खेलमा कोल्हापुर सिटी फुटबल क्लबलाई ९–० को विशाल अन्तरले हराएको थियो ।

सेथुको जितमा नेपाली खेलाडी सावित्रा भण्डारी र भारतीय खेलाडी रतनबालादेवीले ह्याट्रिक गरेका थिए ।

खेलमा सेथुकी दाङमी ग्रेसले दुई गोल गरेकि थिइन भने एक गोल कोल्हपुर सिटी क्लबकी जगमणी टुडुको आत्मघाती गोलबाट सेथुले जोड्न पाएको थियो ।

जारी लिगमा उत्कृष्ट लयमा देखिएकी नेपाली खेलाडी साबित्राले सेथुले खेलेको चारै खेलमा गोल गरेकी छन् ।

चालु लिगमा साबित्राको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले मणिपुरको टोली विरुद्ध डेब्यु खेलमै चार गोल गरेकी थिईन् ।

यो जितसँगै चार खेलबाट १२ अंक जोडेको सेथु समूह बी बाट सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

Share Now

Leave a comment.