
हैदराबाद (भारत),२९ बैशाख । भारतीय क्रिकेटको सबैभन्दा चर्चित लिग मानिएको इण्डियन प्रिमियर लिगको १२ औं संस्करणको उपाधि मुम्बई इण्डियन्सले जितेको छ ।
आइतबार हैदराबादमा भएको फाइनल खेलमा मुम्बई इण्डियन्सले दिएको १ सय ५० रनको लक्ष्य पूरा गर्न चेन्नाई सुपर किंग्स असमर्थ रह्यो ।
टस जितेर ब्याटिड. रोजेको मुम्बईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १ सय ४९ रन जोडेको थियो ।
१ सय ५० रनको लक्ष्य लिएको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै जम्मा १ सय ४८ रन मात्र जोड्न सक्यो ।
https://twitter.com/MomentsIndia/status/1127636419709739010
अन्तिम ओभर पुग्दा चेन्नाईलाई जित्नका लागि ९ रन जुटाउनु पर्ने थियो । यो त्यति असंभव थिएन ।
अन्तिम ओभर सम्हाल्न मुम्बईले श्रीलंंकन बलर लसिथ मालिंगालाई जिम्मेवारी सुम्पियो ।
आफ्नो चौथो ओभरमा मालिंगा निकै आत्मविश्वास बोकेर सम्हालिएर आए ।
आफ्नो तेस्रो ओभरमा २० र दोस्रोमा १५ रन दिएका मालिंगाले पहिलो बलमा शेन वाट्सनले १ रन लिए । दोस्रो बलमा रविन्द्र जडेजाले १ रन लिए । तेस्रोमा वाट्शनले २ रन लिए ।
अब ३ बलबाट ५ रन निकाल्न पर्ने थियो ।चौथो बलमा वाट्शन रन आउट भए । पाँचौ बलमा ब्याट सम्हालन आएका शार्दूल ठाकुरले २ रन जोडे ।
अब छैठौं बलबाट जित निकाल्न चेन्नाईले २ रन निकाल्नु पर्ने थियो । तर मालिंगाले उनलाई एलबीडब्ल्यूमा पारे ।
१ रनले मुम्बई इण्डियन्स विजयी बन्यो ।
दोस्रो र तेस्रो ओभरमा टीमका लागि निकै महंगो देखिएका मालिंगाले अन्तिम ओभरमा जादू चलाए र आफ्नो टीमलाई विजयी बनाए ।
फाइनल खेलमा चेन्नाईका सेन वाट्सनले ८०, फाफ डी प्लेसिसले २६, द्धायन ब्राभो १५, सुरेश रैनाले ८,रविन्द्र जडेजा ५ ,कप्तान महेन्द्रसिंह धोनी र शार्दूल ठाकुरले २ । २ तथा अम्बाती रायडूले १ रनको योगदान दिए । जुन विजयका लागि पर्याप्त बन्न सकेन ।
चेन्नाईलाई रोक्न मुम्बई इण्डियन्सका जसप्रित बुम्राहले २,कृणाल पाण्डेय, लसिथ मालिंगा र राहुल चहारले १ । १ विकेट लिए ।
यस अगाडि टस जितेर ब्याटिड. रोजेको मुम्बईले २० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाउदै १ सय ४९ रन जोडेको थियो । मुम्बईका लागि केरड. पोलार्ड ४१, क्वीन्टन डे कक २९,इशान शर्मा २३,हार्दिक पाण्डेय १६, रोहित शर्मा र सूर्यकुमार यादव १५ । १५ तथा कृणाल पाण्डेले ७ रन जोडेका थिए ।
मुम्बईलाई सहज अवस्थामा रोक्न चेन्नाईका दीपक चहारले ३, इमरान ताहिर र शार्दूल ठाकुरले २ । २ विकेट लिए ।
विगतमा मुम्बई र चेन्नाई
यी दुई टीमले यस अगाडि पनि उपाधिका लागि फाइनलमा तीन पटक भिडन्त गरेका थिए जसमा दुई पटक मुम्बई इण्डियन्सले जितेको छ भने एक पटक मात्रै चेन्नाईले उपाधि उचाल्ने मौका पाएको छ ।
दुवै टिमले यसपूर्व तीन तीन पटक आईपीएलको उपाधि जितिसकेका हुन् ।
चेनाईले यो सहित आठौ पटक फाइनल खेलेको हो भने मुम्बईले यो सहित पाँचौ पटक फाइनल खेलेको हो ।
धोनी नेतृत्वको चेन्नाई बलियो टीम मनिए पनि यस संस्करणका फाइनलपूर्वका तीन खेलमा मुम्बईले नै चेन्नाईलाई पछि पारेको थियो ।
१२ औं संस्करणका खेलमा लिग चरणमा दुई पटक र क्वालिफायरमा एकपटक गरि तीन पटक भिड्दा तिनै पटक नै मुम्बईले चेन्नाईलाई जितेको थियो ।
चेन्नाईले २०१० र २०११ मा लगातार दुई पटक उपाधि जितेको थियो । बीचमा टीम कारबाहीमा परेकोले उसले तेस्रो उपाधि जित्न २०१८ कुर्नु परेको थियो ।
उता मुम्बईले पहिलो उपाधि २०१३ मा पाएको थियो भने २०१५ र २०१७ को उपाधि पनि उसले जितेको थियो ।