Prakash Adhikari June 17, 2019

लण्डन(संयुक्त अधिराज्य), २ असार । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तरगत आइतबार भएको भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल बर्षाले प्रभावित भएपनि डीएल मेथडबाट भारत विजयी बनेको छ ।

खेलमा भारले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ ।

बेलायतको म्यानचेष्टर मैदानमा भएको खेलमा टस जितेर पाकिस्तानले बलिड. रोजेको थियो । पहिले क्याटिड. गर्ने क्रममा भारतले ३ सय ३६ रनको विशाल योगफल तयार पार्यो ।

India: 1 Rohit Sharma, 2 KL Rahul, 3 Virat Kohli (capt), 4 Vijay Shankar, 5 MS Dhoni (wk), 6 Kedhar Jadhav, 7 Hardik Pandya, 8 Bhuvneshwar Kumar, 9 Kuldeep Yadav, 10 Yuzvendra Chahal, 11 Jasprit Bumrah

India Won Pakistan 2019को लागि तस्बिर परिणाम

Pakistan: 1 Imam-ul-Haq, 2 Fakhar Zaman, 3 Babar Azam, 4 Mohammad Hafeez, 5 Sarfaraz Ahmed (capt & wk), 6 Shoaib Malik, 7 Imad Wasim, 8 Shadab Khan, 9 Wahab Riaz, 10 Hasan Ali 11 Mohammad Amir

भारतले दिएको ३ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिंग गरेको पाकिस्तान ३५ ओभरमा १६६/६ को स्थितिमा रहंदा वर्षाले खेल रोकिन पुगेको थियो।

पुनः खेल सुचारु हुँदा दोश्रो इनिंग ४० ओभरमा छोट्याइएको थियो। बाँकी ५ ओभरमा पाकिस्तानलाई जित्न १ सय ३६ रन आवश्यक थियो। पुरै खेल खेल्न पाएको भए पनि सो लक्ष्य लगभग असम्भव थियो तर बर्षा थामिएन र खेलको नतिजा डीएल मेथडबाट निकालियो । भारत ८९ रनले विजयी भयो।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तान एक समय २४ औं ओभरको अन्त्यमा  ११७/२  राम्रो अवस्थामा रहेको थियो। तर त्यसपछि पाकिस्तानले लगातार विकेट गुमाउन पुग्यो।

ओपनर फखर जमानले सर्वाधिक ६२ , बाबर आजमले ४८ इमाद वासिमले ४६, साहव खानले २०, सर्फराज अहमदले १२, मोहम्मद हाफिजले ९ र इमाम उल हकले ७ रन बनाए। पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाउन सक्यो। बर्षाका कारण उसलाई रन जोड्न निकै कठिन भयो । पूरा खेल पनि खेल्न पाएन । टसमा भाग्यले साथ दिए पनि उसले ब्याटिड. नरोजेर बलिड. रोजेर गल्ती गर्यो ।

पाकिस्तानलाई रोक्ने क्रममा भारतका भिजे शंकर, हार्दिक पान्ड्या र कुलदिप यादबले २ /२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउदै ३ सय ३६ रन बनाएको थियो।

India Won Pakistan 2019को लागि तस्बिर परिणाम

भारतको लागि रोहित शर्माले सर्वाधिक १ सय ४० रन बनाएका थिए। उनले १ सय १३ बलमा १४ चौका र ३ छक्का प्रहार गरे। कप्तान बिराट कोहलीले ७७ , लोकेश राहुलले ५७ , हार्दिक पान्ड्याले २६ बनाए। विजय शंकर १५, केदार जादव ९ र महेन्द्र सिं धोनीले १ रनको योगदान गरे ।

रोहित र राहुलले पहिलो विकेटको लागि १ सय ३६ रन तथा रोहित र कोहलीले दोश्रो विकेटको लागि ९८ रनको साझेदारी गरेका थिए।

पाकिस्तानको लागि बलिंगमा मोहम्मद आमिरले ३ विकेट तथा हसन अलि र वहाव रीयाज १ / १ विकेट लिए।

आइतबारको खेलसंगै भारतले सन् १९९२ देखि पाकिस्तानलाई विश्वकपमा सातौँ पटक पराजित गरेको छ । भारतले १९९२, १९९६, १९९९, २००३, २०११ र २०१५ मा पाकिस्तानलाई पराजित गरेको थियो।

 

World Cup

TEAM M W L PT NRR
AUS 5 4 1 8 0.812
NZ 4 3 0 7 2.163
INDIA 4 3 0 7 1.029
ENG 4 3 1 6 1.557
SL 5 1 2 4 -1.778
WI 4 1 2 3 0.666
SA 5 1 3 3 -0.208
BDESH 4 1 2 3 -0.714
PAK 5 1 3 3 -1.933
AFG 4 0 4 0 -1.638

आइतबारको जितसंगै ४ खेलमा ३ जित र १ नतिजाविहिन खेल रहंदा भारत अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। न्युजिल्याण्डसंग समान नतिजा सहित ७ अंक रहेपनि भारत नेटरन रेटमा पछि रहँदै तेश्रो स्थानमा रहेको छ। अस्ट्रेलिया ५ खेलमा ४ जित सहित पहिलो तथा इंग्ल्याण्ड ६ अंक सहित चौथो स्थानमा रहेको छ।

प्रतियोगितामा भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई ६ विकेटले तथा दोश्रो खेलमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो। न्युजिल्याण्डसंगको तेश्रो खेल वर्षाले नतिजाविहिन रहेको थियो। पाकिस्तानले भने पहिलो खेलमा वेस्ट इन्डिजसंग ७ विकेटको हार बेहोरेको थियो। यस्तै दोश्रो खेलमा इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो भने तेश्रो खेल नतिजाविहिन रहंदा चौथो खेलमा अस्ट्रेलियासंग ४१ रनले पराजित भएको थियो।

Share Now

Leave a comment.