Prakash Adhikari July 8, 2019

 

ब्रासिलिया(ब्राजिल),२३ आषाढ । आयोजक ब्राजिलले ४६ औं संस्करणको कोपा अमेरिकाको उपाधि जितेको छ ।

सोमबार राति सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३-१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनलमा ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्।
तर ब्राजिलले यो बराबरीलाई धेरै बेर टिक्न दिएन। पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै बाजिलले पहिलो हाफ २ १ ले आफ्नो पक्षमा पार्‍यो।

Share Now

Leave a comment.