Prakash Adhikari August 8, 2019

दुबाई(युनाइटेड अरब इमिरेट्स), २३ साउन । अन्तराष्टिय क्रिकेट काउन्सिलको टी–२० को वरियतामा नेपाली टीमका कप्तान पारस खड्काले ऐतिहासिक छलाङ मारेका छन ।

उनी टी–२०को अलराउण्ड तर्फ ४१ बाट १६ स्थान सुधार गर्दै २५ औं स्थानमा आईपुगेका छन्।


उनले हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनको बरितयामा पनि सुधार आएको हो । उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन । उनको समकक्षमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन ।

उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन ।

नेपाली खेलाडी यो बरियतामा पुगेको अहिलेसम्मकै ठुलो हो । यसका साथै शिर्ष ५० मा पुग्ने पारस पहिलो खेलाडी पनि हुन ।
अलराउण्डमा अर्का खेलाडी सोमपाल कामी ६६ औं स्थानमा यथावत रहेका छन ।

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेलपनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औं स्थानमा छन ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन ।

Share Now

Leave a comment.