Prakash Adhikari October 24, 2019

 

कीर्तिपुर(काठमाडौं),७ कार्तिक । नेपालको पहिलो वुनन्स च्याम्पियन्स टी २० क्रिकेट लिगको उपाधि चितवन राइनोजले जितेको छ ।

त्रिभुवन विश्वविद्यालय खेल मैदान कीर्तिपुरमा बिहिबार भएको फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स् काठमाण्डौलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिड. गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउदै १ सय १२ रन बनाएको थियो ।

१ सय १३ रनको लक्ष्य पाएको क्याट क्विन्स काठमाण्डौले निर्धारित २० ओभरको खेल पूरै खेल्दा सबै विकेट गुमाउंदै जम्मा ६७ रन मात्र बनाउन सक्यो र ४५ रनको अन्तरले पराजय भोग्न बाध्य भयो ।

काठमाडौंको लागि अप्सरी वेगमले १५, ममता थापा र ईश्वरी विष्टले १३। १३,शोभा आले ६, संगीता राई ४, नितु भण्डारी र सुमन विष्टले २।२ रन जोडे भने लक्ष्मी साउद, सरस्वती चौधरी र रोमा थापाले कुनै रन जोेड्न सकेनन् ।

काठमाण्डौलाई धरासायी बनाउन चितवनकी सन्तोषी चौधरीले २२ रन खर्चेर ४ विकेट लिईन्। सुमन खतिवडा, रेखा रावल र कबिता गौतमले १ । १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको चितवन राइनोजले ४ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो । उसका लागि सुमन खतिवडाले २९, कप्तान इन्दु बर्माले २२, काजल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९, ऋतु कनौजियाले ६ र प्यारी चौधरीले ३ रनको योगदान दिए ।

चितवन राइनोजलाई रोक्ने क्रममा काठमाण्डौका संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले समान १ ।१ विकेट लिए ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडीमा क्याट क्विन्सकी रुबिना क्षेत्री भइन्।

उनले नगद ५० हजार र सुजुकी स्कुटर पाइन्।

Share Now

Leave a comment.