Prakash Adhikari October 24, 2019

 

कीर्तिपुर(काठमाडौं), ७ कार्तिक । नेपालको पहिलो महिला क्रिकेट लिगको फाइनल आज  हुँदैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा( जसलाई क्रिकेटप्रेमीहरुलो त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि भन्ने गरेका छन) हुने फाइनल खेलमा क्याट क्वीन्स काठमाडौं र चितवन राइनोजबीच भीडन्त हुने भएको छ । फाइनल खेल बिहिबार साढे एघार बजे किर्तिपुर मैदानमा नै हुनेछ ।

फाइनल खेलको अघिल्लो दिन पर्यटकीय गन्तब्य रहेको चन्द्रागिरीको चुचुरोमा अवस्थित भालेश्वर महादेव मन्दीर र चन्दागिरी रिसोर्टको आँगनमा ट्रफी सार्वजनिक कार्यक्रममा फाइनलमा पुग्ने चितवन राइनोजकी कप्तान इन्दु बर्मा र क्याट क्विन्स काठमान्डौकी कप्तान रुबिना क्षेत्रीले उपाधि जित्ने दावी गरेका थिए ।

chitwan rhinos womenको लागि तस्बिर परिणाम

सो कार्यक्रममा काठमाडौकि कप्तान रुविना क्षेत्रीले सुरुको खेलमा भएको पराजयपछि टीमले कायम गरेको विजयको श्रृखलालाई औल्याउदै टीममा फाइटिङ स्पिरिट देखिएको र सबै खेलाडीमा आत्मविश्वास बढेको बताइन् ।

त्यस्तै चितवनकी कप्तान इन्दु बर्माले पनि टीम उपाधिका लागि तयार रहेको प्रतिक्रिया दिइन । उनले टीमले लिग र प्लेअफमा पनि अपराजित यात्रा गर्दै आएको बताउदै भनिन, एकदमै उत्साहित छु । सबै म्याच जितेर आएका छौं । भोलि फाइनल भएकाले जस्तो खेलेका छौं त्यसैलाई निरन्तरता दिने छौं । र फाइनल जित्ने छौं । फाइनल जित्नेमा एकदमै कन्फिडेन्स छौं । चार वटै गेम जितेको कारणले मेरो टिमका खेलाडीमा कन्फिेन्डेन्स एकदमै हाइ नै छ ।
चितवनले प्रतियोगिता अन्तर्गत लिग चरणका चारै खेल जित्दै फाइनलमा स्थान बनाएको हो । काठमान्डौले भने लिग चरणमा चितवनसंग पराजित भएपछि इलिमिनेटरमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

chitwan rhinos womenको लागि तस्बिर परिणाम

क्विन्स इभेन्ट म्यानेमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा भएको पहिलो वुमेन्स च्याम्पियन टी २० प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार पाउनेछ । उत्कृष्ट ब्याटर र बलरले समान २५ । २५ हजार प्राप्त गर्नेछ्न ।

Share Now

Leave a comment.