Prakash Adhikari November 13, 2019

बोलिभिया, २७ कार्तिक (बीबीसी) । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन् ।

निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गएको आइतबार राजीनामा दिएका थिए । विपक्षी सिनेटरले आफूलाई राष्ट्रपति घोषणा गर्न आयोजित सिनेटको बैठक मोरालेजको पार्टीका विधायकहरुले बहिस्कार गरेका थिए । यसको अर्थ उनको नियुक्तिमा कोरम पुगेको थिएन ।

तर, ती सिनेटरले आफू संविधानअनुसार राष्ट्रपतिको दावेदार भएको जनाउँदै चाँडै निर्वाचन गराउने जनाएका छन् । सो घोषणालाई मोरालेजले भने आलोचना गरेका छन् । आफ्नो जीवन असुरक्षा भएको भन्दै मोरालेज मेक्सिको तर्फ गएका छन् । उनले शरण मागेपछि मेक्सिकोले शरण दिएको थियो । उनले गएको आइतबार राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।

Share Now

Leave a comment.