काठमाडौं। २८ कार्तिक । नेपालका क्रिकेट स्टार सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेटका लागि महङ्गो श्रेणीको ड्राफ्टमा पर्न सफल भएका छन् ।
सन्दीप पीएसएलको ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका छन्। यो श्रेणीको ड्राफ्टमा पर्ने सन्दीप एक्ला नेपाली खेलाडी हुन् ।
Platinum Players: Mohammad Nabi, Mujeeb-ur-Rehman, Rashid Khan, Dan Christian, Ben Cutting, Chris Lynn, Moeen Ali, Harry Gurney, Alex Hales, Chris Jordan, Liam Plunkett, Adil Rashid and Jason Roy, Sandeep Lamichhane, Colin Munro, Hashim Amla, JP Duminy, Colin Ingram, Rilee Rossouw, Dale Steyn, Imran Tahir, Angelo Mathews, Thisara Perera, Carlos Brathwaite, Dwayne Bravo, Evin Lewis, Sunil Narine, Kieron Pollard
सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी छन् । पीएसएलले बिहीबार सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनममा पर्ने खेलाडीको मूल्य न्युनतम एक लाख ४७ हजार देखि अधिकतम दुई लाख १८ हजार डलर रहेको छ ।
यदी सन्दीप ड्राफ्टबाट छानिए भने उनले कम्तीमा एक लाख ४७ हजार अमेरिकी डलर पाउनेछन् । पीएसएलको ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ ।
लिगका लागि एक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउनेछन् । पीएसएलमा लाहोर क्वालन्दर्स, इस्लामावाद युनाइटेड, कराची किङ्स, मुल्तान सुल्तान्स, पेसावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीपले पीएसएलको अघिल्लो सिजन लाहोर क्वालन्दर्सबाट खेलेका थिए । ््
हाल सन्दीप टी–१० लिग खेल्न युएर्इमा छन् ।
नेपाली क्रिकेटका चम्किला तारा सन्दीप इङल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ लिगका लागि पनि अनुबन्ध भएका छन् ।
‘द हन्ड्रेड’ मा सन्दीपको पारिश्रमिक १ लाख पाउन्ड रहेको छ ।


















