काठमाडौं,१७ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुषतर्फको फुटबल खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पाँचौं मिनेटमा नै कप्तान सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको थियो ।
खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए । नेपालका तर्फबाट ६६ औं मिनेटमा अभिषेक रिजालले तेस्रो गोल गरे ।
घरेलु मैदानमा घरेलु समर्थककाबीच उच्च मनोबलका साथ खेलको नेपाली टीमका तर्फबाट मिक्चेन तामाङले खेलको ७७ औं मिनेटमा अर्को गोल गरे ।
उनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेका थिए ।


















