Prakash Adhikari December 9, 2019

ललितपुर, २३ मंसिर । १३ औं दक्षिण एशियाली खेल अन्तरगत सोमबार भइरहेका खेलमध्ये नेपालले बक्सिड.बाट दोस्रो स्वर्ण पदक जितेको छ।

नेपालका भुपेन्द्र थापाले ६४ केजी तौल समूहमा भारतीय खेलाडी कौशिक मनिषलाई हराउँदै स्वर्ण पदक जितेका हुन्।

यो संगै १३ औं दक्षिण एशियाली खेलमा नेपालले ४७ स्वर्ण, ४८ रजत, ७९ कास्यसहित कुल १ सय ७४ पदक जितेको छ ।

महिला बक्सिङमा जस्तै पुरुष बक्सिङमा पनि नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको हो।

नेपालले सन् १९९९ मै घरेलु भूमिमा भएको सागमा पुरुष बक्सिङबाट दुई स्वर्ण जितेको थियो। सो खेलमा प्रकाश थापामगर र रामचन्द्र थापामगरले बक्सिङबाट स्वर्ण जिताएका थिए।

आजको खेलमा थापाले स्वर्ण पदकका लागि सानेपास्थित राखेपको हलमा भएको भिडन्तमा भारतका कौशिक मनिषसँगलाई पराजित गरेका हुन्।

यसअघि मिनु गुरुङले नेपालका लागि ५४ केजी समूहबाट स्वर्ण पदक जितेकी छन्।

Share Now

Leave a comment.