Prakash Adhikari December 9, 2019

 

काठमाडौं, २३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी पुनम श्रेष्ठले जुडोमा स्वर्ण पदक जितेकी छिन्।

उनले ७८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।

पुनमले भारतकी नभनित कौरलाई पराजित गर्दै स्वर्ण हासि गरेकी हुन । प्रतियोगितामा नभनित कौरले रजत र श्रील‌ंकाका विबुशना गेदाराले कांस्य पदक हात पारिन।

यससँगै १३ दक्षिण एशियाली खेलमा सोमबार अपरान्हसम्म सागमा नेपालको स्वर्ण सङ्ख्या ४८ पुगेको छ।

Share Now

Leave a comment.