Prakash Adhikari December 9, 2019

सातदोबाटो(ललितपुर),२३ मंसिर । नेपाली पौडीबाज गौरिका सिंहले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि चौथो स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोस्थित पौडी पोखरीमा उनले आज पौडीको १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन्।

गौरिकाले १०० मिटरको दूरीको पोखरी ५८.१३ सेकेन्डमा पौडेर पार गरिन् ।

यस स्पर्धामा भारतकी सिवान्गी शर्माले ५८.१५ समयमा पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९.०४ मा पूरा गरी कांस्य पदक जितेका छन्।

गौरिकाले आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा जारी सागको तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन्।

उनले यसअघि २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जितेसकेकी छिन्।

यसका साथै उनले महिला ४ सय मिटर रिलेमा पनि कांस्य पदक जितेकी छिन्।

सागमा नेपाललाई एकल विधामा पहिलो स्वर्ण पदक जिताउने कीर्तिमान बनाएकी गौरिकाले एकै सागमा सर्वाधिक स्वर्णपदक जित्ने कीर्तिमान पनि बनाएकी छिन्।

आज चौथो स्वर्ण हात पारेसँगै १६ वर्षीय गौरिकाले नेपाली खेलकुदमा ४ वटा साग स्वर्ण पदक जितेर सर्वाधिक सफल खेलाडीको कीर्तिमान बनाएका तेक्‍वान्दोका दीपक विष्टको कीर्तिमानमा पनि बराबरी गरेकी छन्।

Share Now

Leave a comment.