Prakash Adhikari December 11, 2019

काठमाडौँ, २४ मङ्सिर ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्रीले आज खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको बताइएको छ ।

प्रधानमन्त्रीले दिउँसो साढे २ बजे १३ औं सागमा विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

विशेष सम्बोधनका क्रममा खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद दिनुभएको थियो ।

Share Now

Leave a comment.