Prakash Adhikari January 18, 2020

 

काठमाडौं, ४ माघ । पूर्व न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस गरेको छ ।

सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको छ ।

स्रोतकाअनुसार सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहालको सिफारिस गरिएको छ ।
यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

दुबै आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट दुवै आयोगका अध्यक्ष सहित पदाधिकारीहरुको नाम अनुमोदन हुने संभावना छ ।

Share Now

Leave a comment.