Prakash Adhikari January 18, 2020

मेलबर्न(अष्ट्रेलिया), ४ माघ । अष्ट्रेलियाको चर्चित बीग ब्यास लिगमा खेलिरहेका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले आफूआबद्ध मेलबर्न स्टारको ११ औं खेलमा एक विकेट लिएका छन् । पर्थ स्कोर्चर विरुद्ध भएको खेल मेलबर्न स्टारले १० रनले जितेको छ ।

 

टिमको सातौं ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले पहिलो ओभरमा ७ रनदिएर एक विकेट लिएका थिए । पहिलो बलमा नै चौका खाएका सन्दीपले दोस्रो बलमा एक रन दिए भने तेस्रो बल डट फाले ।चौथो बलमा उनले लिभिङस्टोनलाई १८ रनमा कार्टराइटको हातबाट पेभेलियन फर्काए । त्यसपछि बाँकी दुई बलमा उनले एक एक रन दिए ।

टिमको नवौं ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले पहिलो बल डट फाले । त्यसपछि तीन बलमा एक एक रन दिए । चौथो बल डट फाले । पाँचौ बलमा चौकाको सामना गरेका नेपाली स्टार सन्दीपले अन्तिम बलमा दुई रन दिए ।

चौधौं ओभरमा तेस्रो स्पेल लिएर आएका सन्दीपले निकै कसिलो बलिड. गरे । चारवटा बलमा एक एक रन दिएका उनले २ बल डट फाले ।

सत्रौ ओभरमा अन्तिम स्पेल लिएर आएका सन्दीपले पहिलो बलमा २ रन दिए ।

त्यसपछि चार बलमा लगातार एक एक रन बनाउन दिएका उनले अन्तिम बलमा चौकाको सामना गरे । यसरी उनले २९ रन बनाउन दिएर १ विकेट लिए ।

खेलमा पहिले ब्याटिड. गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय ४१ रन जोडेको थियो ।

Stars: Marcus Stoinis, Hilton Cartwright, Nic Maddinson, Glenn Maxwell (capt), Seb Gotch (wk), Nick Larkin, Nathan Coulter-Nile, Clint Hinchliffe, Daniel Worrall, Lance Morris, Sandeep Lamichhane.

Scorchers: Liam Livingstone, Josh Inglis (wk), Cameron Bancroft, Mitch Marsh (capt), Kurtis Patterson, Cameron Green, Tim David, Chris Jordan, Jhye Richardson, Matthew Kelly, Fawad Ahmed

मेलबर्नको लागि हिल्टन कार्टराइटले ५८, क्याप्टेन ग्लेन म्याक्सवेलले २५, निक लार्किनले २४, नाथन कुर्टियर नाइलले ७, मार्कस स्टोइनिसले ६ निक म्याडिसन ३, सेब गोंच २ र क्लाइन्ट हिचक्लिफले १ रनको योगदान गरे ।

मेलबर्नलाई रोक्ने क्रममा पर्थका म्याथ्यू केलीले ३, झेय रिचार्डसन र फवाद अहमदले १ । १ विकेट लिए ।

खेलमा १ सय ४२ रनको लक्ष्य पाएको पर्थ स्कोर्चरले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै जम्मा १ सय ३१ रन बनायो र नतिजा मेलबर्नको पक्षमा सुम्पियो ।

पर्थका लागि क्यामरुन ब्रान्कोफ ३२, कुर्टिस पिटर्सन २०, लियम लिभिड.स्टोन १८, जोश इग्निस १२,क्याप्टेन मिच मार्स र डेभिडले ११ ।११, झेय रिचर्डसन ९, म्याथ्यु केली ५ र क्यामरुन ग्रिनले ४, क्रिश जोर्डन २ र फवाद अहमदले १ रन को योगदान दिए ।

पर्थलाई रोक्ने क्रममा मेलबर्नका निक म्याडिसनले ३ तथा क्याप्टेन ग्लेन म्याक्सवेल, क्लाइन्ट हिनक्लिफ,सन्दीप लामिछाने र डानियल ओरलले १ । १ विकेट लिए ।

टीमको ११ खेलमा मेलबर्नले १० जीतसहित २० अंक हासिल गरेर अंकतालिकाको शीर्षस्थान यथावत कायम राखेको छ । दोस्रो स्थानमा ११ खेलमा ६ जीत,४ हार र एकमा समानताको आधारमा अंक बाँडेर १३ अंकसहित सिड्नी सिक्सर्स रहेको छ ।

Share Now

Leave a comment.