Prakash Adhikari January 19, 2020

मुम्बई(भारत), ५ माघ (एजेन्सी) । साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ ले ‘बाहुबली’ को रेकर्ड तोडेको छ ।

अघिल्लो शनिबारबाट प्रदर्शनमा आएको यो फिल्म सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको भारतीय सञ्चार माध्यमले बताएका छन् । फिल्मले घरेलु बजारसँगै अमेरिकालगायतका देशमा पनि ठूलो कमाई गरेको छ ।

 

यो पारिवारिक फिल्मले संयुक्त राज्य अमेरिकामा ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार, फिल्मको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको थियो ।

१२ जनवरीमा प्रदर्शनमा आएको यो फिल्मले पाँच दिनमा आन्ध्रमा आन्ध्र र निजाममा ९१ .२० करोड, अमेरिकामा १४.९२ करोड,कर्नाटकामा ११.२० करोड, केरलामा ८.२० करोड,बाकी भारत र विश्वमा ८.५० करोड गरी विश्वभरबाट १२७.६२ करोड कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Ala Vaikunthapurramuloo BO Collection (5 days):
AP + Nizam Gross – 91.20 cr
AP + Nizam Distributor Share – 63.72 cr
USA Gross – 14.92 cr
USA Distributor Share – 7.45 cr
Karnataka Gross – 11.20 cr
Karnataka Distributor Share – 5.66 cr
Kerala Gross – 1.80 cr
Kerala Distributor Share – 0.71 cr
Rest of India and the World Gross – 8.50 cr
Rest of India and the World Distributor Share – 4.05 cr
Worldwide Gross – 127.62 cr
Worldwide Distributor Share – 81.59 cr
Worldwide Distribution Rights – 88 cr

त्रिविक्रम श्रीनिवास निर्देशित फिल्म अल्लूसँगै तब्बू, सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ ।

बलिउड लाइफ डटकममा हालै कुराकानी गर्दै अभिनेता अल्लू अर्जुनले बलिउडमा काम गर्ने विषयमा भनेका छन्, ‘मलाई हिन्दी फिल्ममा काम गर्न मन छ । मलाई बलिउड फिल्म निकै मन पर्छ । मलाई लाग्छ कि कोही पनि दक्षिण भारतीय अभिनेतालाई बलिउडमा काम गर्ने इच्छा छ । किनकि, बलिउड निकै ठूलो उद्योग हो । यहाँ जो पनि आफ्नो करिअर बनाउन सक्छ ।’

‘आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बू यो फिल्मबाट वर्षौपछि टलिउडमा फर्किएकी हुन् । उनले फिल्ममा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् । १० वर्षपछि उनले तेलुगू फिल्म गरेकी हुन् ।

यो फिल्मले पहिलो दिन घरेलु बक्सअफिसमा ५५ करोडको व्यापार गरेको थियो ।

Share Now

Leave a comment.