काठमाडौं, ५ माघ । सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान वार्ता भएपछि आज दिउँसो पार्टीको सचिवालय बैठक बोलाइएको छ।
सभामुख चयनको विषयमा निर्णय गर्नका लागि नेकपाले आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाएको हो।
यसअघि आइतबार बिहान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा र नयाँ सभामुखको चयनको विषयमा निर्णय गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको थियो ।
नेकपाका अध्यक्षद्धयको बीचमा दुई घण्टा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।


















