Prakash Adhikari March 25, 2020

 

लन्डन, १२ चैत्र । बेलायती राजकुमार (प्रिन्‍स अफ वेल्स) चार्ल्सलाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि क्लारेन्स हाउस (शाही निवास) ले गरेको बीबीसीले उल्लेख गरेको छ ।

क्लारेन्स हाउसका अनुसार अहिले राजकुमार चार्ल्स र राजकुमार क्यामिला बालमोरलमा सेल्फ आइसोलेसनमा रहनुभएको छ । उहाँहरु केही सातादेखि स्कटल्यान्डको बालमोरलबाट आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो।

राजकुमार चार्ल्समा कसको सम्पर्कमा आएका कारण कोरोना भाइरसको संक्रमण भयो भन्नेबारे भने केही खुलेको छैन। राजकुमार चार्ल्समा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने राम्रो रहेको बेलायती अधिकारीहरुले जानकारी दिएका छन्।

राजकुमार चार्ल्ससँगै पत्‍नी क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो। क्यामिलामा भने कोरोना संक्रमण देखिएको छैन।

बेलायतमा बुधबार दिउँसोसम्म ८ हजार ७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४२२ जनाको मृत्यु भएको छ।

Share Now

Leave a comment.