Prakash Adhikari April 13, 2020

काठमाडौं, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकको साझा प्रयासबाट कोरोनाभाइरसको संक्रमणले सिर्जित विश्वव्यापी महामारीलाई नियन्त्रण र उन्मूलन गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमबार बिहान नेपाली नयाँ वर्ष २०७७ सालको शुभकामना दिंदै उहाँले सो विश्वास व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा हासिल गर्न सरकारले थालेका प्रयासहरुको सराहना पनि गर्नुभएको छ । उहाँले गत वर्ष विनासकारी भूकम्पले भत्काएका निजी आवास तथा ऐतिहासिक र साँस्कृतिक सम्पदाहरूको पुनर्निर्माणमा सफलता हासिल भएको, सडक,जलविद्युत जस्ता पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण काम भएको उल्लेख गर्दै केही महिना यता देखापरेको कोरोनाभाइरसको विश्वव्यापी महामारीले आर्थिक र सामाजिक विकासमा अवरोध ल्याएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले कोरोनाभाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन ‘लकडाउन’ र सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै यसबाट नेपालको अर्थतन्त्रमा पर्नसक्ने प्रतिकूल प्रभावलाई कम गर्न यहाँका आन्तरिक स्रोतहरूको सदुपयोगतर्फ अग्रसर हुन पनि आह्वान गर्नुभएको छ ।

राष्ट्रपतिको सन्देश जस्ताको तस्तै :

Share Now

Leave a comment.