Prakash Adhikari April 13, 2020

 

काठमाडौं, १ बैशाख । काठमाडौंको मनोहरा फाँट पेप्सीकोलामा अवस्थित सन सिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका ३ जनामा र्‍यापिड टेष्टमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।

हालै बेलायतबाट फर्किएका उनीहरुमा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।

कोरोनाको संक्रमण देखिएपछि उनीहरु तीनै जनालाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्ने जनाएको छ । तीनै जना चैत्र ५ गते बेलायतबाट नेपाल आएका हुन्।

र्‍यापिड टेष्टमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएपछि अहिले सनसिटी अपार्टमेन्ट सील गरिएको छ । सो क्षेत्रमा प्रहरीले उच्न निगरानी समेत बढाएको छ ।

Share Now

Leave a comment.