वाशिड.टन(संयुक्त राज्य अमेरिका), २ बैशाख(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस महामारीलाई लिएर आफ्नो प्रशासनले चालेका कदमहरूको आक्रोशपूर्ण ढङ्गले बचाउ गर्नुुभएको छ।
ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत हुनुभएका राष्ट्रपति ट्रम्पले भेन्टिलेटर चाहिएकाहरूलाई दिइको दावी गर्नुभयो।
पत्रकारहरूसँग तर्कवितर्क गर्दै चुनावी अभियानमा जस्तो प्रतिरक्षात्मक स्थितिमा उहाँ प्रस्तुत हुनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित संवाददाताहरूले कोरोनाभाइरसलाई लिएर दिइएको चेतावनीलाई बेवास्ता गरेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए ।
गभर्नरहरूले लकडाउन कहिले हटाउने भन्ने अधिकार आफ्नो प्रशासनसँग रहेको ट्रम्पले उल्लेख गर्नुभयो तर कानुनविद्हरूले त्यो अधिकार खासमा राज्यहरूसँग रहेको तर्क गरेका छन्।
अनुमोदन
अमेरिकी राज्यहरूले राष्ट्रपतिको अनुमोदनविना केही पनि गर्न नसक्ने राष्ट्रपति ट्रम्पको कथन छ।
हाल संयुक्त राज्य अमेरिकामा ५ लाख ७७ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमणका घटना देखिएका छन् भने २३ हजार व्यक्तिको ज्यान गएको छ।
यी दुवै सङ्ख्या अन्य देशको तुलनामा सबैभन्दा बढी हो।
अमेरिकाले गरेका गल्तीहरूको औल्याउदा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले राज्यका प्रयोगशालाहरूलाई त्रुटिपूर्ण परीक्षणहरू गर्न लगायो जसका कारण कोरोनाभाइरस नियन्त्रणमा ढिलाइ हुन पुग्यो।
देशभरिका चिकित्सक तथा अस्पतालहरूले चिकित्सकीय सामग्रीको अभाव रहेको औँल्याएका थिए।
राष्ट्रपति ट्रम्पले आफ्ना उच्च स्वास्थ्य अधिकारीहरूलाई फरकफरक सुझावहरू दिनुभयो।
कदम
कोरोनाभाइरसलाई लिएर अमेरिकाले गरेका राम्रा काममा २० खर्ब डलर बराबरको राहत कार्यक्रम ल्याउनु रहेको छ।
अमेरिकास्थित औषधि उत्पादक लगायत कम्पनीहरू कोरोनाभाइरसको उपचार र त्यसका लागि खोपको विकाससम्बन्धी अनुसन्धानमा अगाडि देखिएका छन्।
अमेरिकी सङ्घीय प्रणालीको फाइदा उठाउँदै अधिकांश राज्यका नेताहरूले कोरोनाभाइरस नियन्त्रणको दिशामा निर्णायक कदमहरू चालेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार सङ्गठनका साथै विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै दुई अन्तर्राष्ट्रिय संस्थाहरूलाई ूबब्जी ट्विन्सूको सङ्ज्ञा दिनुभएको छ।
प्रकाशक पेन्ग्विन र्यान्डम हाउसका अनुसार लोरा ली होपद्वारा लिखित बच्चाहरूको उक्त कथामा ूजुम्ल्याहाहरूका दुई जोडी हुन्छन् जो साहसिक यात्रामा निस्कन्छन् र रोमाञ्चक रहस्यको समाधान निकाल्छन्।ू
अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनलाई गर्दै आएको आर्थिक सहयोग कटौती गर्ने विषयमा जिज्ञासा राख्दा ट्रम्पले भन्नुभयो, ूयो हप्ताको अन्त्यतिर भन्नेछु, म त्यसबारे निर्णय गर्न लागेको छु।ू


















