काठमाडौं, २ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको संक्रमणको विनासलिला अझै साम्य हुने तरखर छैन । यसको उद्गमस्थल मानिएको चीनमा संक्रमणका घट्ना पुनः बढ्दो क्रममा देखा पर्दैछन् भने यूरोप र अमेरिकामा यो चैत्रको डँडेलो जसरी फैलिरहेको छ ।
सोमबारसम्म कोरोना भाइरसको संक्रमणको कारण विश्वमा १ लाख १९ हजार ६ सय ९९ जनाले जीवन गुमाएका छन् । यस रोगको संक्रमणमा पर्नेहरुको संख्या १९ लाख २५ हजार १ सय ५१ पुगेको छ । यी मध्ये ४ लाख ४५ हजार १७ जना उपचारपछि निको भएका छन् भने ५१ हजार ७ सय ६४ जनाको स्थिति गम्भीर छ । १३ लाख ८ हजार ६ सय ७१ जनाको अवस्था सामान्य रहेको छ ।
सोमबार एकैदिन यो घातक भाइरसको संक्रमणबाट जीवन गुमाएका छन् भने विश्वभर ७१ हजार ५ सय ९१ जना नयाँ बिरामी थपिएका छन् ।
सोमबार कोरोनाबाट अधिक मानवीय क्षति ब्यहोर्ने मुलुकमा अमेरिका,बेलायत,फ्रान्स, इटाली, स्पेन,बेल्जियम,जर्मनी, इरान,ब्राजिल, नेदरल्याण्ड्स र स्वीजरल्याण्ड रहे ।
सोमबारसम्म विश्वमा कोरोनाभाइरले गरेको मानवीय क्षतिको विवरण यस्तो छ :
देश नयाँ मृत्यु कूल मृत्यु नयाँ संक्रमण कुल संक्रमितको संख्या
अमेरिका १,५३५ २३,६४० २६,६४१ ५,८६,९४१
बेलायत ७१७ ११,३२९ ४,३४२ ८६,६२१
फ्रान्स ५७४ १४,९६७ ४,१८८ १,३६,७७९
इटाली ५६६ २०,४६५ ३,१५३ १,५९,५१६
स्पेन ५४७ १७,७५६ ३,२६८ १,७०,०९९
बेल्जियम ३०३ ३,९०३ ९४२ ३०,५८९
जर्मनी १७२ ३,१९४ २,२१८ १,३०,०७२
इरान १११ ४,५८५ १,६१७ ७३,३०३
ब्राजिल १०५ १,३२८ १,२३८ २३,४३०
नेदरल्याण्ड ८६ २,८२३ ९६४ २६,५५१
स्वीजरल्याण्ड ३२ १,१३८ २७३ २५,६८८
भारत २७ ३५८ १,२४८ १०,४५३
चीन २ ३,३४१ १०८ ८२,१६०


















