Prakash Adhikari April 14, 2020

काठमाडौँ, २ बैशाख । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ ।

मंगलबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको अवधि एकै चोटी दुई हप्ता बढाउन निर्णय गरेको हो ।

छिमेकी मित्र राष्ट्र चीनबाट उद्गम भई त्यहाँ व्यापक रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण दक्षिण कोरिया, जापानमा देखा पर्दै युरोपमा पनि व्यापक रुपमा फैलन थालेसंगै सरकारले चैत ११ देखि एक हप्ताको लागि(चैत्र १८सम्म) लकडाउन घोषणा गरेको थियो ।

त्यसपछि पुन अर्को एक हप्ता अर्थात चैत्र २५ गतेसम्मको लागि लकडाउनको अवधि थप गरियो । त्यसपछि पुन एक हप्ता थपेर बैशाख ३ गतेसम्म लकडाउन गरिएका थियो । यसपटक भने सरकारले एकैचोटी दुई हप्ताको लागि लकडाउनको अवधि बढाएको छ ।

नेपालले लकडाउन घोषणा गरेको भोलिपल्ट अर्थात चैत्र १२ मा भारत देशभर ३ हप्ताको लागि लकडाउन घोषणा गरेको थियो । सो लकडाउनको अवधि भोलि सकिने भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले मंगलबार बिहान देशवासीको नाममा संबोधन गरी मे ३ सम्मको लागि लकडाउनको अवधि थपभएको घोषण गर्नुभएको छ ।

नेपालमा भारतबाट आएका धर्मगुरु तथा भारतबाट फर्केका कामदारहरु र कोरोनाप्रभावित मुलुकबाट स्वदेश फर्केका नेपालीमा कोरोनाको संक्रमण देखिएको छ ।
नेपालमा लकडाउन सुरु हुँदा एक जनामामात्र कोरोना भाइरसको पुष्टि भएकोमा हालसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

म‌ंगलबारमात्रै राजधानीभा गरिएको कोरोना र्यापिड टेष्टमा पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा संक्रमण देखिएको थियो । ती मध्ये २ जनामा सक्रमण पुष्टि भएको छ ।

Share Now

Leave a comment.