काठमाडौं, २ बैशाख । काठमाडौंको मनोहरा फाँटको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार काठमाडौंमा गरिएको र्यापिड टेस्टमा सो अपार्टमेण्टमा बस्ने एकै परिवारका ३ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएपछि तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरि परीक्षण गरिएको थियो । यो पहिलो प्रयोगशाला परीक्षण २ जनालाई कोरोना भाइरस पुष्टि भएको हो ।
https://www.facebook.com/mohpnep/videos/1014096265651843/
र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरेर उनीहरुको स्वाब केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।
उनीहरु मध्ये ५७ वर्षिया पुरुष र ८१ वर्षिया महिलामा कारोना पुष्टि भएको हो भने एकको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो रिपोर्टमा नेगेटिभ आएकी ती महिलाको पुनः परिक्षण गरिने भएको छ ।
https://www.facebook.com/mohpnep/posts/872926733195847
उनीहरु गत चैत्र ५ गते नेपाल आएका थिए। प्रहरीले उनीहरु आएको जहाजका यात्रुहरुको सूची खोजिरहेको छ भने उनीहरु बस्ने सनसिटीको बिल्डिङलाई नै सिलबन्दी गरेर उच्च सतर्कता अपनाएको छ।
यात्रुहरुको पहिचानपछि कन्ट्याक्ट टे्ेसिड. गरिने बताइएको छ ।
योसंग नेपालमा कोरोनाभाइरसको संक्रमणमा परेका बिरामीहरुको कूल संख्या १६ पुगेको छ । ती मध्ये एकजना उपचार पछि निको भएर घर फर्केका छन् ।


















