काठमाडौं, ४ बैशाख । कोरोनाभाइरसको विश्वव्यापी महामारीमा समेत बिरामीहरुको उपचारमा खटिएका चिकित्सकहरुलाई अमानवीय ढंगले कुटपिट गर्ने प्रहरीमाथि छानवीन सुरु भएको छ ।
बुधबार साँझ भएको घटनाबारे छानबिनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

समितिले छानविनको क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएर महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानेको छ ।
बुधबार साँझ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहलाई ड्यूटी सकेर निवास फर्कने क्रममा ड्यूटीमा रहेका प्रहरीहरुले कान्ति अस्पताल पछाडिको ओरोलोमा अभद्र व्यहार गरी कुटपिट समेट गरेका थिए ।
रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले चिकित्सकहरुमाथि नेपाल प्रहरीको उच्चसम्मान रहेको भन्दै दोषिमाथि छानविनपछि कारबाही हुने बताउनुभएको छ ।
्बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका दुई र कान्ति बाल अस्पतालका एक डाक्टरमाथि प्रहरीले लाठी प्रहार गरी कुटपीट गरेको घट्नाको विरोध गर्दै नेपाल चिकित्सक संघले छानबिन र कारबाहीको माग गरेको थियो।
संघले बिहीबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो।

प्रेश विज्ञप्ति
मिति २०७७ बैशाख ३ गते नेपाल सरकारले लेभल–३ कोभिड अस्पतालको रुपमा तोकिएको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत मेडिसिन विभागका आवासिय चिकित्सकहरु र कान्तीबाल अस्पतालमा न्याम्सका आवासिय चिकित्सक स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो कोठामा फर्किने क्रममा कान्ति बाल अस्पतालको ओरालोमा प्रहरीबाट हातपात र लाठिचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानकर्षण भएको छ ।
कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवास फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथी हातपात गर्ने, लाठिचार्ज गर्ने जस्तो अन्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीहरुको छानबीन गरी कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।
मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको मसि सुक्न नपाउँदै यस्तो दुःखद र निन्दनीय घटना हुनुले नेपाल चिकित्सक संघलाई स्तब्ध तुल्याएको छ ।
हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्ति मार्फत आग्रह गर्दछ ।
यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन नेपाल चिकित्सक संघ नेपाल सरकार तथा सरोकारवाला निकायलाई सचेत गराउँदछ ।
डा. बद्री रिजाल
महासचिव
कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवास फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठिचार्ज गर्ने जस्तो अन्यन्तै अमानवीय क्रियाकलापप्रति घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीहरुको छानबीन गरी कानूनी कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको थियो ।संघले दोषिमाथि कारबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी समेत दिएको थियो।
सरकारले चैत २२ गते कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई विरोध गर्ने व्यक्तिलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको थियो।
संघले विषमा परिस्थितिमा सेवा दिइरहेका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन सचेत गराएको थियो ।
यस अगाडि शिक्षण अस्पतालमा कार्यरत रेसिडेन्ट डक्टर्स एशोसिएसनले पनि कुटपीटको घट्नाको निन्दा गर्दै दोषिमाथि कारबाहीको माग गरेको थियो ।


















