Prakash Adhikari April 17, 2020

काठमाडौं, ५ बैशाख । नोली कांग्रेसले घातक कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट बचेका नेपालीहरु भोकले मर्ने स्थिति आउन लागेकोमा नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार फेसबुकमार्फत पत्रकारहरुलाई संबोधन  गर्दै कोठाभित्र छट्पटिर र सडकमा तड्पिएर नागरिकको मृत्यु हुने अवस्था आउन लागेको भन्दै सरकारको ध्यानाकृष्ट गर्नुभएको हो ।

नेपाली कांग्रेसले कर्मस्थलको अस्थायी बासस्थानमा आर्थिक रुपले लामो समय टिक्न सक्ने स्थिति भएकोले सयौं किलोमीटर पैदल हिंडेर हजारौ नागरिक घर गइरहेको समाचार र तस्वीरले मुलुकमा सरकार नभएको छनक दिएको बताएको छ ।

कांग्रेसले प्रतिकूल अवस्थामा सक्षम सरकारले नागरिकलाई भरथेग गनुपर्ने बताउदै ७ दिनको लक डाउन लम्बिएर महिना दिन पुग्न लाग्दा पनि राहतको सख्त आवश्यक भएको समूहमा राहत नपुगेको विपन्न र न्यूनआय समूहमा रहेका श्रमिकहरुले कष्टपूर्ण ढंगले राजधानी छोडिरहेको समाचार र तस्वीरले पुष्टी गरेको बताएको छ ।

कांग्रेसले राजधानी लगायत कर्मथलोमा बस्न चाहने विपन्न र न्यूनआय समूहलाई पर्याप्त राहत पु¥याउन या अप्ठ्यारोमा रहेकाहरुलाई सुरक्षित ढंगले गाउँ पु¥याउने प्रबन्ध मिलाउन सरकारसमक्ष आग्रह गरेको छ ।

संकटको यस घडीमा सुकुम्बासी, श्रमिक, बेरोजगार एवं डेरा बसेका विद्यार्थीका लागि पर्याप्त राहतको ब्यवस्थित योजना निर्माण र कार्यान्वयन गर्न छोडेर सुकुम्बासी आयोगलाई अर्बौं रुपैयाँ छुट्याउन सरकारको आलोचना गर्दै कांग्रेसले यो बर्गका नागरिकलाई जाउलो खाने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

सरकारलाई ‘अघिल्तिरको स्थिति देखिन्छ भने देख्नु प¥यो सरकार ! सुनिन्छ भने सुन्नु प¥यो! बुझिन्छ भने बुझ्नु प¥यो !’ भन्दै नेपाली कांग्रेसले गम्भीर परिस्थितिको गहिरो समिक्षा गर्दै उच्च ब्यवहार र कुशलतासाथ संकटको घडीमा काम गर्न सुझाव पनि दिएको छ ।

कांग्रेसले नेपाल र नेपालीलाई कोरोनाभाइरसको घातक संक्रमणबाट जोगाउन संक्रमणको’ परिक्षण, परिक्षण र व्यापक परिक्षण ‘गरी रोगबाट जोगाउन तथा ‘राहत, राहत र पर्याप्त राहत’मा केन्द्रित रही भोकमरीबाट जोगाउन पनि सरकारसमक्ष अपिल गरेको छ ।

Share Now

Leave a comment.