Prakash Adhikari April 21, 2020

काठमाडौं, ९ बैशाख (बीबीसी) ।नेपालमा उदयपुर जिल्लामा थप एकजनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो सङ्क्रमित ३३ वर्षीय पुरुष रहेको बताइएको छ।

योसँगै उदयपुर जिल्लामा १४ जनामा सङ्क्रमण भेटिइसकेको छ।

देशभरिमा कुल सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने चारजना निको भइसकेका छन्।

वीरगञ्ज र उदयपुरमा नमुनाहरूको जाँच

यसअघि वीरगञ्जमा तीनजना तथा उदयपुरमा एक दर्जनभन्दा धेरैमा सङ्क्रमण देखिएपछि ती दुई स्थानमा सङ्क्रमितहरूको सम्पर्कबारे सूचना लिएर शङ्कास्पदहरूको नमुना जाँच भइरहेको बताइएको छ।

जसअनुसार वीरगञ्जमा २ सय२१ जना र उदयपुरमा थप एक सयसहित ३ सय२० जनाको पीसीआर विधिमार्फत् जाँच भइरहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताउनुभयो ।

ती स्थानमा आरडिटीबाट पनि अन्यको परीक्षण भइरहेको बताइएको छ।

परीक्षण विस्तार गरिँदै
मङ्गलवार मन्त्रालयले बताएअनुसार हालसम्म देशभरि गरि ३६ हजार ७ सय १९ जनामा परीक्षण गरिएको छ।

मन्त्रालय
“पीसीआर विधि अनुसार ८७६३ जनाको परीक्षण भएको छ भने द्रुत वा आरडिटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ,” डा देवकोटाले जानकारी दिनुभयो ।

द्रुत परीक्षण विधिमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २०, प्रदेश २ मा ३ हजार ५ सय ९८, वाग्मती प्रदेशमा ५ हजार १ सय५७, गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश ५ मा २ हजार ४  ८३, कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदुर पश्चिम प्रदेशमा ६ हजार १ सय ७७ जनाको परीक्षण भइसकेको बताइएको छ।

Share Now

Leave a comment.