Prakash Adhikari April 21, 2020

काठमाडौं, ९ वैशाख । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोनाभाइरसको परीक्षणको क्रममा मंगलबार एकै दिन ११ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या साढे तीन दर्जन पुगेको हो ।

मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको नमूना परिक्षण गर्दा ८ जनालाई संक्रमण भएको पुष्टि भएको थियो भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर बिधिबाट परीक्षण गरिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार उदयपुरबाट स्वाब ल्याई राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।

यो सहित उदयपुरमा मंगलबार ११ जना संक्रमित भेटिएका छन्।

https://www.facebook.com/mohpnep/posts/878550312633489

उदयपुर जिल्ला त्रियुगा नगरपालिकास्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा पोजेटिभ देखिएका १२ जनालाई विराटनगरमा उपचारको लागि लगिएको थियो भने तिनको संसर्गमा रहेका  अन्य थप ६९ जनाको स्वाब परीक्षणको लागि बिराटनगरस्थित कोशी अस्पतालमा पठाइएको थियो  . तिनको पुनर्पुष्टिको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब पठाइएको थियो । ती मध्ये ८ वटामा नतिजा पोजेटिभ देखिएको थियो ।

स्वास्थ्यकर्मीहरुले भुल्केको र्यापिड टेष्टमा पोजेटिभ देखिएकाहरुको संसर्गमा रहेका २ सय ६० जनाको स्वाब काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको थियो । स्वास्थ्य मन्त्रालयले २० जनाको हाल परीक्षण भैरहेको जनाएको छ   ।

मन्त्रालयका अनुसार मंगलबार १८ र ४१ बर्षका दुई दुई जना तथा २०, ३३, ४०, ५२ र ५८ बर्षीय पुरुषहरु, एक ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जनाको नतिजा पोजेटिभ देखिएको हो ।

त्यसभन्दा पहिले नै उदयपुरमा १३ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ ठूलो संख्यामा मानिसहरुको स्वाब संकलन गरिएको थियो।

अब संक्रमितको संख्या उदयपुरमा मात्रै २४ र देशभर ४२ पुगेको छ।

तीमध्ये ५ जना निको भई घर फर्किसकेका छन्।

Share Now

Leave a comment.