वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), १६ बैशाख (बीबीसी) । कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले ‘अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको’ बताउनुभएको हो।
गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गर्नुभएको हो ।
उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिलेको अवस्थाप्रति पनि आफू खुसी हुन नसक्ने धारणा राख्दै भन्नुभयो, ‘किनकि यस (कोरोनाभाइरस) लाई मूलमै रोक्न सकिन्थ्यो। चाँडै रोक्न सकिन्थ्यो। र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो।’
कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारंवार आलोचना गर्दै आउनुभएको छ ।
केवल चीन जिम्मेवार
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्याउन नसकिने बताउनुभयो।
कोभिड १९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ।
राष्ट्रपति ट्रम्पले आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि बताउनुभयो।
उहाले परीक्षणहरू बढाउने योजना पनि सार्वजनिक गर्नुभएको छ।
अमेरिकामा ५६ हजार जनाभन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाइसकेका छन्।
किम सकुशल
उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला सोही पत्रकार सम्मेलनमा किमले के गरिरहनुभएको थियो भन्ने आफूलाई थाहा भएको राष्ट्रपति ट्रम्पले बताउनुभएको छ।
सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल थिए भन्नेमा आफू विश्वस्तरहेको बताउनुभयो।
दुई साताअघि उत्तर कोरियाली संस्थापक नेताको जन्मजयन्तीमा समेत सहभागी नभएपछि किमबारे अनेक अड्कलबाजी सुरु भएको थियो।
दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा कुनै पनि अस्वाभाविक कुरा नदेखिएको बताएका छन्।


















