काठमाडौं, २८ बैशाख । गत बर्ष चैत्र ११ गतेदेखि लागू हुनेगरी अप्रत्यासित रुपमा गरिएको लकडाउनसंगै बन्द भएको नेपालको सेयर बजार अब खुल्ने भएको छ । लकडाउनमा केही खुकुलो नीति अपनाईएपछि आजदेखि धितोपत्रको कारोबार गर्ने निकायहरुमा प्रशासनिक कार्य हुने भएको छ भने मंगलबार देखि सेयरको किनबेच पनि हुने भएको छ ।
गत शुक्रबार बसेको सरोकारवाला निकायका प्रतिनिधिहरुसंगको परामर्श बैठक पछि नेपाल धितोपत्र बोर्डले आइतबारदेखि नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकरका कार्यालयहरु खोल्ने र मंगलबारदेखि धितोपत्रको दोस्रो बजार खुला गरी नियमित किनबेच प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो ।
आज र भोलि लकडाउन सुरु हुनुभन्दा अघिल्लो दिनसम्म भएका कारोबारको राफसाफ गरिने बताइएको छ ।
बोर्डले लकडाउन खुकुलोमात्र भएको र पूरै हटिनसकेको जनाउदै आगामी मंगलबारदेखि सेयर बजार दैनिक २ घन्टामात्र खुला हुने जनाएको छ । बोर्डले मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार समय निर्धारण गरेको छ ।
बोर्डले नेप्सेलाई लकडाउन पूर्ण रुपमा नखुलेसम्म २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ । बोर्डले नेप्सेलाई प्रारम्भिक कारोबार सत्रमा प्रवेश गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ३ प्रतिशत भन्दा तलमाथी नहुने बजार खोल्न आग्रह गरेको हो ।
यस्तै ब्रोकरले सेवाग्राही लगानीकर्तालाई भुक्तानी गर्दा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने, क्लाईन्टले ब्रोकरलाई भुक्तानीगर्दा पनि सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गर्न बोर्डले आग्रह गरेको छ ।
बोर्डको यो निर्देशनले लगानीकर्ताले आफूले बिक्री गरेको सेयरको रकम ब्रोकरबाट विद्युतीय भुक्तानीमार्फत पाउने छन् । यसबाट बिक्रेताले छोटो समयमा बिना झन्झट रकम पाउने प्रत्याभूति भएको छ । बोर्डले विद्युतीय कारोबारलाई प्रबर्धन गर्दै बोर्डले मेरो शेयरको इडिआईएसबाट मात्रै भुक्तानी सेटलमेन्ट गर्ने अन्यत्रबाट गर्न नपाउने व्यवस्था समेत गरेको छ ।
लकडाउन पूर्णरुपमा नखुलुञ्जेल धितोपत्र बजारको कारोबारको सम्बन्धमा बोर्डले यस्तो व्यवस्था गरेको छ :




















