Prakash Adhikari May 12, 2020

 

काठमाडौं, ३० बैशाख । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बुधबार ११ बजेदेखि बस्ने भएको छ ।

पार्टीका स्थायी समिति सदस्य मातृका यादवले पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजे बैठक आरम्भ हुने ब्यहोराको एसएमएस आएको बताउनुभएको छ ।

यसअघि बैशाख २५ गते बस्ने तय भएको स्थायी समितिको बैठक एजेण्डा तय गर्न अघिल्लो दिन राखिएको सचिवालय बैठकमा नेताहरुबीच चर्काचर्की परिपछि अकास्मात स्थागित गरिएको थियो ।

सरकारको कार्यशैली र पार्टी सञ्चालनमा देखिएको सुस्ततालाई केन्द्रमा राखेर त्यसबेला स्थायी समितिको बैठक तय भएको थियो ।

तर त्यस लगत्तै भारतका रक्षामन्त्रीले नेपालको पश्चिमोत्तर सीमा नजिक सीमांकन हुन बाँकी रहेको लिपुलेकभञ्ज्याड.सम्म पुग्ने मोटर बाटोको निर्माण सम्पन्न गरी उद्घाटन गरिदिएपछि सिंगो नेपाल भारतको विरुद्ध खनिएको छ ।

अब सांसदहरुको ध्यान बजेट निर्माणमा र आम जनताको ध्यान भारतका बिरुद्ध केन्द्रीत गर्न सकिने देखेर प्रधानमन्त्री के.पी. शर्मा ओली स्थायी समितिको बैठक बोलाउन राजी हुनुभएको बताइन्छ ।

तर विगतमा सरकार र पार्टीको कार्यशैलीसंग असन्तुष्ट रहेका नेकपाका स्थायी समितिका सदस्यहरु भने लिपुलेक घट्नाले प्रधानमन्त्री देश र जनताको रक्षाको प्राथमिक कार्य गर्न समेत असक्षम भएकोले उहाँले सकै दुवै पद नभए एकपद त्याग गर्नै पर्ने निश्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री ओलीका सहयोगीहरुले यो स्थायी समितिको बैठकलाई रणनीतिक रुपमा उपयुक्त भनेका छन् । उनीहरुका अनुसार बजेट र लिपुलेक जस्ता विषयमा छलफल केन्द्रित हँदा सरकारको नेतृत्वमाथि कम प्रहार हुनेछ । जसोतसो जवाफ दिएर उम्केपछि संसदमा विरोध गर्ने वा नीति तथा कार्यक्रम फेल गरेर सरकार ढाल्ने खेल हुन पाउने छैन । प्रधानमन्त्रीमाथिको संकट टरेर जानेछ ।

Share Now

Leave a comment.