बेइजिड.(चीन), १२ जेठ । डब्ल्यूएचओको काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोपप्रत्यारोप भएको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले कोरोनाभाइरसबारे ‘षड्यन्त्र र झुटहरू” फैलाइरहेको आरोप लगाउनुभएको छ।
आइतवार पत्रकारहरूसँग कुरा गर्दै वाङ यीले अमेरिका ‘राजनीतिक भाइरस’ले सङ्क्रमित भएका कारण त्यहाँका केही नेताले बारम्बार चीनमाथि हमला गरिरहेको बताउनुभयो।
विदेशमन्त्री वाङ्ले अमेरिकालाई कोभिड-१९ को महामारीमा काम गर्दै ‘समय खेर नफाल्न र मूल्यवान जीवनहरू बचाउन’ आग्रह गर्नुभयो।
आरोप -प्रत्यारोप
भाइरस फैलन थालेसँगै वासिङ्टन र बेइजिङ्बीच तनाव चुलिएको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई भाइरसको प्रकोप लुकाउन खोजेको आरोप लगाउनुभएको छ।
यो वर्ष हुने निर्वाचनमार्फत् राष्ट्रपतिमा पुनर्निर्वाचित हुन खोजिरहेका ट्रम्पको भाइरस नियन्त्रण प्रयासलाई लिएर आलोचना भइरहेको छ।

कोरोना भाइरसः लकडाउन खुलेपछि जनजीवन कस्तो होला ?
तरआइतवार विदेशन्त्री वाङ्ले चीनले विश्वको जनस्वास्थ्य सुरक्षित पार्नका लागि सुरुदेखि नै जिम्मेवार भएर काम गरेको बताउनुभयो।
कोरोनाभाइरस सबैभन्दा पहिले चिनियाँ शहर वुहानमा सन् २०१९ को डिसेम्बर महिनामा देखा परेको थियो।
‘सम्बन्ध बन्धक बनाउने प्रयास’
चीनको संसदीय सत्र चलिरहँदा आयोजित पत्रकार सम्मेलनमा वाङ्ले ुअमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन(अमेरिका सम्बन्धलाई बन्धक बनाएकोु बताउनुभयो।
उहाँलेले ती शक्तिहरू को हुन् भन्ने चाहीँ स्पष्ट पार्नुभएन।

चिनियाँ विदेशमन्त्री वाङ् यीस् ‘अमेरिकामा रहेका केही राजनीतिक शक्तिले चीन-अमेरिका सम्बन्धलाई बन्धक बनाएका छन्।’
वाड.ले भन्नुभयो, ‘तिनले दुई देशलाई एउटा नयाँ शीतयुद्धको संघारमा धकेल्न चाहन्छन्।’
‘राजनीतिक भाइरसुको प्रयोग चीनमाथि हमला र उसलाई बदनाम गर्ने अवसर’को रूपमा लिइएको बताउदै उहाँले भन्नुभयो,’केही राजनीतिज्ञले पूर्ण रूपमा आधारभूत तथ्यलाई नजरअन्दाज गर्दै चीनलक्षित थुप्रै झुटहरू बनाउँछन् र त्यति नै धेरै षड्यन्त्र खडा गर्छन्।’
डब्ल्यूएचओको बचाउ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को काम र चीनविरूद्ध उसले प्रकोप लुकाएको आरोपमा मुद्दा लगाउनेजस्ता कुरालाई लिएर ट्रम्प र बेइजिङबीच पछिल्ला सातामा आरोप-प्रत्यारोप भएको छ।
चीनमाथि मुद्दा चलाउने विषयलाई वाङ यीले ‘दिवास्वप्न’ को संज्ञा दिनुभयो।
गतसाता ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनको ुकठपुतलीु भएको भन्दै उक्त संस्थालाई अमेरिकाले दिँदै आएको आर्थिक योगदान बन्द गर्ने चेतावनी दिनुभएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससलाई एउटा पत्र लेख्दै सो निकायले तीस दिनभित्र उहाँकै शब्दमा ‘उल्लेख्य सुधारहरू’ गर्नुपर्ने अन्यथा करोडौँ डलर रकम र सो संस्थामा रहेको अमेरिकी सदस्यता समेत गुमाउनु पर्ने चेतावनी दिनुभएको थियो।
अनुसन्धान
टेड्रोसले डब्ल्यूएचओको कामको समिक्षा गर्न सहमति जनाउनुभएको थियो।
वाङले भने चीनले उक्त निकायलाई पूर्ण रूपमा समर्थन गर्ने बताउनुभएको छ।
ूडब्ल्यूएचओलाई सघाउनु भनेको जीवन बचाउन सघाउनु हो। कस्तो नतिजा बेहोर्ने भन्ने हरेक देशको रोजाइ हो,ू विदेश मन्त्री वाड.ले भने।
उहाँले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूलाई प्रकोपको अनुसन्धान गर्न चीनले दिनेरनदिनेबारे केही बोल्नुभएन।
डब्ल्यूएचओले बेइजिङसामु त्यस्तो अनुमतिका लागि आग्रह गरेको छ।


















