Prakash Adhikari May 25, 2020

काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणमा पर्नेहरुको संख्या ६ सय ७५ पुगेको छ । सोमबार बिहान थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै यो खंख्या पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बिहान धनुषाको नगराइन, कामाडौंको टोखा र बुढानिलकण्ठ, बाराको कलैया, रौतहटको राजपसर फरहदवा र इशानाथ, सप्तरीको डाक्नेश्वरी, बर्दियाको वासगढी, बाँकेको दुधवा र साप्ती सोनारी, बाराको गढिमाई, दैलेखको नारायण ढुंगेश्वर, र गुराँस गाउँपालिकाबाट लिइएको नमूनामा कोरोना भाइरसको पुष्टि भएको हो ।

संक्रमित ७२ मध्ये दैलेखकी एक महिलाबाहेक सबै पुरुष हुन्।

health may25

Share Now

Leave a comment.