Prakash Adhikari May 27, 2020

 

काठमाडौं, १४ जेठ । नेपाल सुनचाँदी रत्त तथा आभूषण महासंघले ग्राहकहरुको जानकारीको निमित्त अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सुनचाँदीको बजार मूल्य दिनहुँ प्रकाशन गर्ने निर्णय गरेको छ ।

महासंघका महासचिव कृष्णलाल महर्जनले बुधबार एक विज्ञप्ति प्रकाशित गरी यो निर्णय सार्वजनिक गर्नुभएको हो ।

महासंघका ेसोमबार बसेको कार्य समितिको बैठकले नेपालमा चैत्र ११ देखि लकडाउन कायम भएकोले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार दिनहुँ मूल्य कायम गरी सार्वजनिक गर्न नसकिएको अवस्थामा सञ्चारमाध्यमहरुले पुरानै मूल्य राखी सामग्रीहरु प्रकाशन गरेकोले उपभोक्ताहरुमा भ्रम पर्न गएकोले अबदेखि सुन र चाँदीको मूल्य निर्धारण गरी दैनिक रुपमा पूर्ववत प्रकाशित गर्ने निर्णय गरेको थियो ।

महासंघको केन्द्रीय कार्य समितिको बैठकले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार लिई दैनिक सुनचाँदीको मूल्य कायम गरी प्रकाशित गर्ने निर्णय भए अनुसार बुधबारदेखि नै सुनचाँदीको दरभाउ प्रकाशन गरिएको छ ।

आजका लागि नम्बरी सुन(९९९९)फाइन गोल्डको प्रति १० ग्राम मूल्य ७३ हजार ८ सय रुपैया र चाँदीको मूल्य प्रति १० ग्राम ७ सय ६३ रुपैया कायम गरिएको छ ।

Share Now

Leave a comment.