नयाँदिल्ली(भारत), ३ साउन । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले शासन सम्हालेपछि नेपाल र भारतको सम्बन्ध बिग्रेको टिप्पणी सार्वजनिक गरेपछि विदेशमन्त्री एस जयशङ्करसंग उहाँको जुहारी चलेको छ ।
•#Nepal after 17 years is getting Prime Ministerial visits. And a swathe of developmental projects: power, fuel, housing, hospital, roads, etc.
Ask their citizens.
— Dr. S. Jaishankar (@DrSJaishankar) July 17, 2020
विदेश मन्त्री जयशंकरले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताउनुभएको छ।
विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उहाँले त्यस्तो प्रतिक्रिया दिनुभएको हो ।
एउटा भिडिओमा गान्धीले संसारका विभिन्न देशहरूसँग भारतको सम्बन्धबारे समीक्षा गरेर सार्वजनिक गर्नुभएको छ।
https://twitter.com/RahulGandhi/status/1284002386806095872
ट्विटरमार्फत् सार्वजनिक गरिएको उक्त भिडिओमा गान्धीले छिमकीसँगको सम्बन्धबारे चर्चा गर्दै भन्नुभएको छ, “यसअघि नेपाल हाम्रो मित्र थियो।”
त्यसपछि गान्धीले पकिस्तानबाहेक भुटान, श्रीलङ्का लगायतका छिमेकीसँग मित्रवत् सम्बन्ध र साझेदारी रहेको बताउनुभएको छ।
नेपाली क्रुद्ध : गान्धी
त्यसबारे थप चर्चा गर्दै सुरुमा गान्धीले नेपालको प्रसङ्ग उठाउँदै भन्नुभएको छ, “अहिले नेपाल हामीसँग रिसाएको छ। तपाईँ नेपाल जानुहोस्, नेपालीसँग कुरा गर्नुहोस्, जे भएको छ त्यसलाई लिएर उनीहरू क्रुद्ध छन्।”
त्यो ट्वीटको विदेशमन्त्री एस जयशङ्करले ट्वीटमार्फत् उत्तर दिँदै १७ वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपालको भ्रमण गरेको उल्लेख गनुभएको छ।

विदेश मन्त्री जयशंकरले भन्नुभएको छ, “बिजुली, इन्धन, आवास, अस्पताल, सडक इत्यादि विकास परियोजना नेपालले प्राप्त गरेको छ, त्यहाँका नागरिकलाई सोध्नुहोस्।”
नेता गान्धीले विदेशी साझेदार र छिमेकीसँग विगत छ वर्षमा भारतले सम्बन्ध बिगारेको आरोप लगाउनुभएको छ।
विदेशमन्त्री जयशङ्कर नेपालले संविधान जारी गर्ने बेला विदेशसचिव हुनुहुन्थ्यो।
वाद-प्रतिवाद
काठमाडौ आएर उहाँले नेताहरूलाई ‘असन्तुष्ट पक्षका माग नसमेटिएको’ भन्दै संविधानमा जारी गर्ने तालिका पछि सार्न आग्रह गरेको नेपाली नेताहरूबाट सार्वजनिक भएको थियो।
जारी गर्न लागिएको संविधान विभेदकारी रहेको भन्दै त्यसबेला तराईमा ठूलो आन्दोलन भइरहेको थियो।
तर नेपालले संविधान जारी गरेपछि भारतले सीमानाकाबाट सामान रोकिदिएपछि दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बन्न पुगेको थियो।

नेपालमा त्यसलाई भारतले लगाएको नाकाबन्दीका रूपमा लिइएको थियो। तर भारतले पहिला त्यसलाई अस्वीकार गरेको भए पछि तात्कालिक विदेशमन्त्री सुषमा स्वराजले नाकाबन्दी लगाइएको स्वीकार गर्नुभएको थियो।
नाकाबन्दीबारे भारतीय संसद्मा विपक्षी दलका सांसदहरूले सरकारको चर्को आलोचना गरेपछि स्वराजले भन्नुभएको थियो, “यस्तो पहिलो पटक भएको होइन। मलाई भन्न विवश बनाइयो पहिला पनि सन् १९८९ मा १६ महिनासम्म नाकाबन्दी लगाइएको थियो, राजीव गान्धीको पालामा यस्तो भएको थियो।”
यति बेला फेरि दुई देशबीच सीमा विवाद तथा विषयका कारण नेपाल(भारत सम्बन्ध कटुतापूर्ण देखिएका बेला त्यहाँका विपक्षी नेता र विदेशमन्त्रीबीच वाद(प्रतिवाद भएको हो।


















