Prakash Adhikari July 18, 2020

 

मुम्बई(भारत), ३ साउन । कोरोना संक्रमण भएपछि घरमै क्वारेन्टाइनमा बस्नुभएकी भारतीय चलचित्र जगतकी नामूद नायिका ऐश्वर्या राय बच्चन र उहाँकी छोरी आराध्य राय बच्चनलाई अस्पतालमा भर्ना गरिएको छ।

गत आइतबार कोरोना संक्रमण पुष्टि भएका दुवैलाई शुक्रबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो। सोही अस्पतालमा ऐश्वर्याका पति नायक अभिषेक र भारतीय चलचित्रका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि भर्ना गरिएको थियो।

Amitabh Bachchan, Abhishek, Aishwarya Rai Bachchan and Aaradhya test  positive for Covid-19: Timeline of their road to recovery | The Times of  India

अहिले बच्चन परिवारकी जया बच्चन बाहेक सबै सदस्य सोही अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन्।

न्युज एजेन्सी पीटीआईले अस्पतालको स्रोत उधृत गर्दै ऐश्वर्या र छोरी आराध्यलाई चिकित्सकको हेरचाह आवश्यक भएकाले अस्पतालमा भर्ना गरिएको र आमा छोरी दुवैको अवस्था राम्रो रहेको जनाएको छ।

Share Now

Leave a comment.