काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक एवम् लामो समय सभापति रहनुभएका वी.पी कोइरालाका कनिष्ठ पुत्र डा. शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र बद्नाम हुँदै गएको बताउनुभएको छ ।
बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं वीपी स्मृति दिवसका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा डा. कोइरालाले राष्ट्रपति भण्डारीको पार्टी मोहले उहाँ नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको उल्लेख गर्दै भन्नुभयो जनतामा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने जमात बढ्न पुुगेको छ । यो गणतन्त्रवादीको लागि शुभ सन्देश पक्कै होइन् ।
डा.शेखरले पनि विरोध गर्नुभएको थियो
यस पहिले पनि राष्ट्रपति भण्डारीले शीतल निवासलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक राजनीतिको अखडा बनाएकोमा राजनीतिक नेताहरुले खरो टिप्पणी गर्नुभएको थियो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति देशको साझा,सम्मानित र सर्वोच्च निकाय भएकोले उहाँले संस्थाको गरिमा पदीय जिम्मेवारी र संविधानको मर्यादालाई ख्याल गर्नुपर्ने बताउनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको थियो,”राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो । ”
राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।
— Dr Shekhar Koirala (@Shekharnc) July 19, 2020
पूर्वबाट आयो व्यग्यात्मक टिप्पणी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुल राष्ट्रपति जस्तो सम्मानित संस्थालाई पार्टीको गतिविधिमा अल्झाएकोमा साउन ५ गते सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले निकै तिखो र खरो टिप्पणी गर्नुभयो ।
उहाँले राष्ट्रपतिलाई मुलुकको सर्वोच्च पदको गरिमा ख्याल राख्न आग्रह गर्दै भन्नुभएको थियो, ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए राष्ट्रपतिले मार्गप्रशस्त गर्नुपर्छ, चलखेल नगर्ने अर्को सेरेमोनियललाई राष्ट्रपति बनाउँदा हुन्छ, नभए राष्ट्रपति जस्तो पदमा बसेपछि गरिमाको ख्याल राख्नुपर्छ ।’
राष्ट्रपति एउटा पार्टीको मात्र बन्न नमिल्ने बताउदै उहाँले ब्यंग्यात्मक शैलीमा भन्नुभयो, ‘सर्वप्रथम नेकपालाई बधाइ छ, बल्खुमा भत्केपछि पार्टी कार्यालय शीतल निवास सारिएछ । अहिले अध्यक्ष भनिएका दुई जना खासमा उपाध्यक्ष, वास्तविक अध्यक्ष राष्ट्रपतिज्यू नै हुनुहुँदोरहेछ ।’
सचेतक कार्कीले प्रदेश सरकारले स्थापना गरेको मनमोहन


















