Prakash Adhikari July 21, 2020

 

काठमाडौं, ६ साउन । नेकपा स्थायी समितिको बैठक १९ दिनपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीले पार्टीका अर्का सहअध्यक्ष पुष्पकमल दाहाल, शीर्ष नेता, सचिवालय र जारी स्थायी समितिको बैठकका कसैलाई सूचना वा जानकारीसम्म नदिइकन, संघीय संसदको प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसंग परामर्श समेत नगरीकन आफ्नो  निवासको बैठक कक्षमा क्याविनेट मिटिड. गरेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिमा सिफारिस गरेपछि नेकपा स्थायी समितिको बैठक भाँडिएको  थियो ।

यस बीचमा दुई अध्यक्षहरुबीच सहमति कायम गर्ने तथा बाढी पहिरो पीडितको उद्दार र राहतका लागि पटकपटक स्थगित गरिएको थियो ।

असार १० गतेदेखि सुरु भएको बैठक असार १८ गते यता लगातार ८ पटक स्थगित भएको थियो।

सहमतिका लागि भन्दै यसअघि असार २०, २२ र २४, २६ र साउन २ गते दुईपटक र ४ गते दुई पटक बोलाइएको बैठक पनि अध्यक्षद्धय स्थगित गरिएको थियो।

१० असारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले सरकारले आम जनताको हितमा काम गर्न नसकेको र देशका दुई ठूला बामपन्थी दलबीच एकीकरण गरेर बनेको देशको सबैभन्दा ठूलो पार्टीको संगठन निर्माणमा ध्यान दिन नसक्नुभएको भन्दै प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग उठाएका छन् ।

स्थायी समितिमा आफ्नो विरुद्धमा बलियो मत देखिएपछि प्रधानमन्त्री ओलीले त्यसलाई बाहिरबाट चुनौति दिंदै आउनुभएको छ ।

उहाँले आफ्नो राजिनामा माग्ने स्थायी समितिका सदस्यहरुलाई विदेशी दलालको संज्ञा दिनुभयो र सरकारको शक्तिको दुरुपयोग गर्दै देशभर राजिनामा माग्नेलाई विदेशी दलालको रुपमा बद्नाम गराउदै आफू राष्ट्रबादी भएको पुष्टि गर्न खोज्नुभयो ।

यसले पार्टीको सचिवालय,स्थायी समिति र केन्द्रिय समितिमा पनि उहाँले मित्र गुमाउनुभयो ।

लामो समयको अन्तराल र आपसी आरोप प्रत्यारोप,दाउपेचपछि बसेको बैठकमा को कसरी प्रस्तुत हुन्छ र बैठकका एजेण्डा कसरी अगाडि बढ्छन भन्न सकिन्न तर प्रधानमन्त्रीको कार्यशैली हेर्दा भने स्थायी समितिले उहाँलाई बेलगाम नछोडी उहाँमाथि नियन्त्रण लगाउने निर्णय गरेर बैठक टुंग्याउने अनुमान गर्न सकिन्छ ।

सरकार र पार्टीको नेतृत्वको विषय टुंगो लगाउन र प्रस्तावित महाधिवेशनको तिथिमिति तय गर्न भने नेकपाले केन्द्रीय कमिटिको बैठक बोलाउने संभावना देखिदैछ ।

Share Now

Leave a comment.