Prakash Adhikari July 23, 2020

काठमाडौं, ८ साउन । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने बिहिबार १ सय ४७ जना नयाँं संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभएको हो।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ।

आज ३ हजार ४ सय ८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो।

Image

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्।

योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।

कोरोनाका कारण अहिलेसम्म नेपालमा ४३ जनाको मृत्यु भएको छ।

अहिले सङ्क्रमण भएका कुल ५,३५८ जना देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

Image

मृतक कहाँका ?

बुधबार पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको भएपछि नेपालमा कोरोनाबाट जीवन गुमाउनेहरुको सख्या ४३ पुगेको छ ।

स्वास प्रस्वासमा समस्या आए पछि उनलाई नारायणी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपाल कोरोनाभारइस
नेपालमा मङ्गलवार १ सय ५० जनामा सङ्क्रमण देखिएको र बुधवार १०० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारेन्टाइनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

को हुन् सङ्क्रमित ?

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये कञ्चनपुरका ३०, दैलेखका २४, पर्साका १७ र रूपन्देहीका ११ जना छन्।

काठमाण्डू उपत्यकामा सात जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।

त्यसबाहेक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई भारतीय नागरिकमा पनि सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

अरू तथ्याङ्क के छ ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४ सय ८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २० हजार ९८ छ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारेन्टाइन बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

तीनै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको छ।

Image

1
4
Share Now

Leave a comment.