काठमाडौं, २२ साउन ।प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रधानमन्त्री निवास बालुवाटार र गृहमन्त्रीको निवास पुल्चोकमा तनाव उत्पन्न भएको छ ।
केहि समयपहिले काठमाडौं आएर साउन १९ गते प्रदेश फर्किएका मन्त्री यादवको स्वाब परीक्षणमा साउन २० गते कोरोना भाइरस पोजिटिभ पाइएको हो ।
संक्रमति भएपछि उहाँ मन्त्री निवासमा क्वारेन्टाइनमा रहनुभएको छ। रहेका छन् ।
मन्त्री यादवसँगै उहाँका कर्मचारीमा पनि कोरोना संक्रमण भएको छ ।
काठमाडौंमा रहदा प्रदेश मन्त्री यादव प्रधानमन्त्री र गृहमन्त्रीसंग भेट गर्नुभएको थियो ।
यद्यपि इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटार र परराष्ट्र मन्त्रालयका कर्मचारीमा गरेको परीक्षणमा भने सङ्क्रमण नदेखिएको पौडेलले बताउनुभएको छ ।
उहाँका प्रधानमन्त्री निवास बालुवाटारमा ६० र परराष्ट्र मन्त्रालयका १८ कर्मचारीको स्वाब सङ्कलन गरिएको थियो ।
प्रधानमन्त्री निवासमा नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतका चारैवटा सुरक्षा निकायका सुरक्षा कर्मीहरुको ठूलो संख्यामा उपस्थिति रहने पार्टी गतिविधि देखि संघीय सरकारदेखि प्रान्तका मन्त्री र वरिष्ठ प्रशासकहरुको भेटघाट भैरहने भएकोले बालुवाटारमा पनि तनाव भएको छ मन्त्रीहरुसंग भेटघाट गरेका व्यक्तिहरुमा कोरोना पुष्टि भएपछि मन्त्री निवास पुल्चोकमा पनि तनाव उत्पन्न भएको छ ।


















