काठमाडौं, ३२ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गत शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । २१ जना अझै वेपत्ता छन् । १ सय ७२ घरधुरी रहेको सो गाउँमा पहिरोबाट ३७ घरमा क्षति पुगेको छ ।
सिन्धुपाल्चोक:
भूकम्पमा मरेका नेपालीमा झण्डै४०% यही जिल्लाका थिए।हरेक वर्ष पहिरो र बाढीले सयौॅको ज्यान जान्छ,जमिन र धनको क्षति त कति हो कति!
त्यसैले ससाना वस्तीहरु एकिकृत गरी सुरक्षित आवास क्षेत्र बनाउने,रोजगारीका नयाॅ क्षेत्र बनाउने र जल,जंगल र उर्जाका लागि ठाउॅ खाली गर्ने।— Tara Nath Dahal (@tndahal7) August 14, 2020
यसमा राज्यका जिम्मेवार पदाधिकारीहरु:
१) प्रधानमन्न्त्री ओली
२) ओलीका विश्वासपात्र मुख्यमन्त्री डोरमणी
३) ओली-डोरमणी गुटकै जुगल पालिकाका अध्यक्ष एवं गाॅउपालिका महासंघका अध्यक्ष होमनारायण
४) सो क्षेत्रका संघीय सांसद सभामुख अग्नी सापकोटा
५)भूकम्प प्राधिकरणका ज्ञवालीअरु कति लेख्नु? https://t.co/2vfKTq7Yd4
— Tara Nath Dahal (@tndahal7) August 16, 2020
सिन्धुपाल्चोकबासीको आँखामा आँशु बगेको यो पहिलो पटक होइन् । २०७२ सालमा विनासकारी भूकम्प आउदा नेपालभर जीवन गुमाउनेको कूल संख्यामा सिन्धुपाल्चोकवासीको संख्या लगभग ४० प्रतिशत थियो । त्यो पीडामा परेका परिवारको आँखा अझै ओभाएका छैनन् । बर्षेनी आउने पहिरो र बाढीको पीडा पनि यही जिल्लाका बासिन्दाले भोग्नु परिरहेको छ ।

https://twitter.com/parajulilr/status/1294821809997533184
२०७२ सालमा विनासकारी भूकम्प आएपछि स्थापना भएको पुनर्निर्माण प्राधिकरणलाई क्षतिग्रस्त आवासीय भवनहरु,विद्यालय,स्वास्थ्य केन्द्र,अस्पताल, सरकारी कार्यालय,सामुदायिक भवन,मठ,मन्दिर लगायत ऐतिहासिक र पुरातात्विक सम्पदाको पुनर्निमाण मात्र होइन, जोखिमयुक्त स्थानका बस्तीहरुको अध्ययन गरी बस्ती स्थानान्तरण गर्ने र छरिएका र असुरक्षित बस्तीहरुलाई विस्थापित गरेर सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण गर्ने कार्याधिकार पनि दिइएको थियो । तर सो निकायले क्षतिग्रस्त भवनहरु र ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाको पुनर्निमाणबाहेक वस्ती स्थानान्तरण र एकीकृत वस्ती निर्माणमा ध्यान दिएको देखिदैन् । भूकम्पले भूकम्पले खल्बल्याएको जमिनको तहमाथि भिरालो जमिनमा रहेका देशका पहाडी भागका धेरै बस्तीहरु पहिरोको जोखिममा छन् । यसको अध्ययन गर्नुपर्ने खाँचो छ ।
जुगलवासीको पुकार नसुनेको परिणाम
गत असार २६ गते रानी जुगल गाउँपालिकाको नाम्फामा पहिरो गएपछि पत्रकारहरुको एक टोलीले नाम्फाको अवलोकन भ्रमण गरी देशव्यापी रुपमा सो गाँउको अवस्थाको बारेमा जानकारी गराएका थिए । साउन ३ र ४ गते राजधानीबाट प्रकाशित हुने समाचार पत्रहरु अनलाइनसमेत र प्रशासिरत हुने टेलिभिजन र रेडियोबाट त्यहाँका जनताको पुकार निकै मार्मिक शब्दमा आम नेपालीको कानसम्म पुगेका थिए । तर सत्ताको मोजमा रमेको संघीय तथा प्रादेशिक सरकार र तिनको छायामा परेका स्थानीय जिल्ला प्रशासनले जनताको यो पुकार सुनेन ।
जुगल गाउँपालिकाका जनप्रतिनिधि र कार्यकारी अधिकृतले सो स्थानको जोखिमबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्राकृतिक विपत् कार्यालयमा पनि साउन २२ गते लिखित रुपमा नै जानकारी गराउनुभएको देखिन्छ । तर त्यसमा पनि कारबाही भएन ।

गाउँमा पुगेका सञ्चारकमीसंग जुगल गाउँपालिका २ नाम्फाबासीले भनेका थिए, असार २६ गते राति अविरल वर्षातले जमिन भासिन थाल्यो । एक्कासी पहिरोले वरिपरी घेर्न थाल्यो । गाउँभर खैलाबैला मच्चियो । गाउँको दाँयाँ र बाँया पहिरो झर्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ दौड्न थाले, न वर्षा रोकियो न पहिरो नै । बिहानभर पहिरो हेरेर बस्नुबाहेक विकल्प भएन् ।पहिरोबाट बृद्धवस्था र बालबालिकाहरुलाई बोक्दै सबै सुरक्षीत तर्फ लाग्यौ । मानविय क्षति नभएतापनि बस्तुभाउ र जग्गा पहिरोले पुरिएर फाँटेको छ । करिब एक हजार रोपनी जग्गामा लगाएका धान,मकै,बालीहरु पूर्ण रुपमा क्षति भयो ।”
बलेफी हाइड्रोको ब्लाष्टको परिणाम
स्थानीयले बलेफी ए हाइड्रोपपावरको सुरुड.को संरचना निर्माणमा गरिएको लापरबाहीको कारण जुगल गाउँपालिकामा विनास निम्तिएको दावी गरेका छन् । जुगलका वडा नं २ का नाम्फा लिदी लगायतका गाँउभन्दा तल ३६ मेगावट क्षमताको बलेफी ए जलविद्युत आयोजनाको सुरुड. निर्माणको काम भैरहेको छ ।
नियमन निकायको नजर नपुगेकोले फुक्काफाल विस्फोट गर्ने काम भइरहेको छ ।जथाभावी विस्फोटको कम्पनले गर्दा गाउँको माथिल्लो भाग भास्सिएर वर्षातमा पहिरोको रुप लिएको स्थानीय दावी छ।
नाम्फाको आँसु–हाइड्रोको विष्फोटले तलमाथि तानिसक्यो, कसोगरी बसुँ ?
स्थानीय बासिन्दाले गत मंसिरमा स्थानीय जनताको सहमतिबिना जलविद्युत आयोजना निर्माण भएको र पीडितहरुको गुनासो बेवास्ता गर्दै आएको भनी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए तर त्यसमा आजसम्म कारवाही भएको छैन् ।
नाम्फामा ८० घर परिवारको बसोबास रहेको छ, नाम्फा गाउँ मुनि बलेफी जलविद्युत आयोजनाको सुरुड.को अडिट बनिरहेको छ।
आषाढ २६ गते राति लिदीमा पहिरो गएको थियो । लिदीमा करिब १५० घरधुरी पहिरोको कारण जोखिममा छन् । लिदी गाउँमुनि बलेफी हाइड्रोपावरको इन्टेकको काम भैरहेको छ।
गाउँपालिकाले सानो नाम्फा,नाम्फा सुकुली,लिदी,सञ्चगाँऊ।झुल्के, निम्लुड. र बैराड. टोलको बस्तीहरु जोखिममा रहेको जानकारी गराउदै ती स्थानको भौगर्भिक अध्ययन गराउन पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्राकृतिक विपत् व्यवस्थापन समितिसमक्ष निवेदन गरेको छ । तर जिल्ला प्रशासनले बाँकी गाँउका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम प्रारम्भ गर्न सकेको छैन ।
जुगल पहिरो : स्थानीयले एक … – Dekhapadhi
www.dekhapadhi.com › news
जुगल पहिरो : स्थानीयले एक वर्षअघि नै मागेका थिए सहयोग, सरकारी बेवास्ताका कारण ठूलो क्षति … जुगल-२ का वडा सदस्य विष्णुलाल दोङसहितका स्थानीयले पूरै गाउँ पहिरोको जोखिममा परेको … पहिरोको मुख्य कारक बलेफी हाइड्रो.
‘जोखिममा छौं’ भनेर प्रदेशदेखि …
lokaantar.com › story › lidi-landslide
दिन पहिले २ – … बलेफी ‘ए’ हाइड्रोले खनेको सुरुङप्रति पनि स्थानीयले आशंका गर्न थालेका छन् । केही वर्षअघि हाइड्रोले सुरुङ खन्न गरेको ब्लास्टिङका कारण पूरै गाउँ नै कम्पन हुँदा …
नाम्फाको आँसु–हाइड्रोको …
www.onlinekhabar.com › 2020/07
नाम्फाको आँसु–हाइड्रोको विष्फोटले तलमाथि तानिसक्यो, कसोगरी बसुँ ? … जाने कतै ठाउँ छैन, पहिराले बस्ती नै उच्च जोखिममा परेपछि डेढ सय घरका नाम्फाली ‘मृत्यु कुरेरै’ बसिरहेका छन् । … अपर बलेफी हाइड्रोकै कारण नाम्फा गाउँ पहिरोको पीडामा परेको भन्दै हाइडोपावर …
मन्दिर बनाउन अर्बाैँ खर्चने …
ajakoartha.com › story
1 दिन पहिले – … जोखिममा रहेको भनेर आफूहरुले प्रदेश र संघ सरकारलाई यसअघि नै जानकारी गराएको तर … त्यसैले बस्तीलाई सुरक्षित बनाउन काम नभएपछि दुई परिवार भने गाउँ छाडेर सेलाङ सरेका थिए । … विकल्प नभएपछि उनीहरु फेरी जोखिमयुक्त लिदि बस्तीमा नै फर्किन बाध्य भएका थिए । … मेगावाटको अपर बलेफी हाइड्रोको सुरुङमार्गका कारण पहिरो गएको स्थानीयको भनाइ छ ।
विपत्तिले उजाडिएको एउटा बस्ती …
shilapatra.com › detail
भीमकाय पहाडबीचमा एउटा सुन्दर गाउँ छ, नाम्फा । जुगल … पहिरोले बस्ती नै जोखिममा पारेर नाम्फेलीलाई विस्थापित बनाउने प्रधान कारण बलेफी … चुलोको खाना तल खस्थ्यो,’ सहदेव भन्छन्, ‘यो हाइड्रो खोलेको हामीलाई थाहा नै छैन ।
अपर बलेफी हाईड्रोपावरले बेहाल …
www.thenepaltop.com › news
२०२० जुलाई २१ – सिन्धुपाल्चोक : भीमकाय पहाडबीचमा एउटा सुन्दर गाउँ छ, नाम्फा । जुगल … पहिरोले बस्ती नै जोखिममा पारेर नाम्फेलीलाई विस्थापित बनाउने प्रधान कारण हो, बलेफी खोलामा … भगवती प्रश्न गर्छिन्, ‘विकासका लागि बनाउन लागिएको हाइड्रो हाम्रो बिचल्ली बनायो ।’.
सरकार कि अहिल्यै मारिदेऊ कि त …
www.newsofnepal.com › 2020/07/17
२०२० जुलाई १७ – अपर बलेफी हाइड्रोकै कारण नाम्फा गाउँ पहिरोको पीडामा परेको भन्दै हाइड्रोपावर कम्पनीले … मरिदिनुपर्ने’, स्थानीय भरत थापा भन्नुहुन्छ– ‘अब हामीलाई कहाँ लाने हो हाइड्रोले जिम्मा … हाइड्रोपावरले सुरुङ खनेका कारण बस्ती नै जोखिममा परेका बारे तत्काल …
‘प्रारब्धले होइन, विष्फोटले …
nepallive.com › story
दिन पहिले २ – हाइड्रोले धमाधम सुरुङ खनिरहेको थियो। २६ मेघावाटको ‘बलेफी–ए’ निर्माण गर्न रातारात काम भइरहेको थियो। … बलेफीको विद्युत आयोजना निर्माणका लागि विस्फोट गराउँदा पाँच सय घर जोखिममा परे। … बिहानीपख आएको पहिरोले गाउँ नै क्षतविक्षत तुल्याएको छ। … सबैभन्दा बलियो मानिएको बस्तीलाई नै पहिराले निल्नुका दुईवटा कारण रहेको उनले देखेकी छन्।
नाम्फाको व्यथा, कस्लाई के थाहा ? –
www.ujyaalonetwork.com › archives
गत मंसिरमा हाइड्रोले बिनासर्त हाइड्रो संन्चालन गर्दै आएको र हामी पिडितहरुको गुनासो बेवास्ता … त्यस्तै लिदिमा सोही दिन पहिरो गएको छ लिदिमा करिब १५० घरधुरी पहिरोको कारण जोखिममा छन् । लिदि गाउँ मुनि बलेफी हाइड्रोपावरको इन्लेट्को काम भैरहेको छ। … कारणले हो, पहिले नै भुर्गविद ल्याएर निरीक्षण गर्न अनुरोध गर्दा पनि उहाँहरुले नसुनेकै हो ।
सत्ताको मोजमस्तीमा झुलेको कम्युनिष्ट सरकारले जनताको जीउ र धनको सुरक्ष ागर्ने प्रथम कर्तव्य पूरा गर्छ कि गर्दैन भन्न सकिन्न् । यो पार्टीबाट निर्वाचित भएका प्रतिनिधिसभाका, सभामुख, गृह मन्त्री र प्रदेशका मुख्य मन्त्री र मन्त्रीहरु प्राकृतिक विपद्का घट्ना भएपछि घट्नास्थलमा पुगेर गोहीको आँशु चुहाउदै फर्केर सुत्ने गरेका छन् । जुरेमा पहिरो गएदेखि नै बर्षेनी सिन्धुपाल्चोकले भोग्दै आएको बाढी,पहिरो रोकथाम र सुरक्षित वस्ती विकासको निमित्त कसैले सिन्को भाँचेको देखिदैन बरु व्यक्तिगत प्रयासमा धुर्मुस र सुन्तलीले गिरानचौर एकीकृत बस्ती निर्माण गरेका छन् । नेकपाको दुई तिहाईको सरकारको क्षमता धुर्मुस र सुन्तलीको जत्तिको पनि देखिएको छैन् ।
कांग्रेसको विरोध
स्थानीय बासिन्दाले आसन्न विपतको बारेमा जिल्ला प्रशासनसमक्ष लिखित निवेदन गर्दा पनि समयमा ध्यान नदिएको विषयलाई नेपाली कांग्रेसले सरकारको ठूलो कमजोरीको रुपमा लिएको छ ।

लिदीको पहिरोको विनासलिला पछि नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, जुगल गापाको वडा नं २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो । यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुनु स्वभाविक हो तर पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होईन राज्यको अक्षम्य गल्ती हो ।
उहाँले प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य नभए पनि जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्यमा सरकार चुकेको आरोप लगाउनुभएको छ ।
उहाँले प्रश्न गर्दै भन्नुभएको छ, जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?
नेपाली कांग्रेसले कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको बताएको छ ।
कांग्रेसले कोरोनाको बढ्दो आक्रामण र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोटप्रति गम्भीर भई तदारुकतासाथ कार्य गर्न नेकपाको सरकारसंगै तीनै तहका सरकारहरुलाई अपिल गरेको छ ।


















