Prakash Adhikari August 17, 2020

काठमाडौं, १ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको संख्या १ सय ७ पुगेको छ भने यस घातक भाइरसको संक्रमणमा पर्ने विरामीको संख्या २७ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ५ सय ८१ नयाँ सङ्क्रमित फेला परेको जानकारी दिएको छ।

यो वृद्धिसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ सय ७ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २७ हजार २ सय ४१ पुगेको छ।

सोमवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अहिले देशभरि ९ हजार ६ सय ३९ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिनुभयो।

तीमध्ये २ हजार ६ सय १ जना होम आइसोलेशनमा छन् भने बाँकी ७ हजार ३८ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

शुक्रवार ५ सय ९४, शनिवार ४ सय ६८ र आइतवार ६ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

कोरोनाभाइरस

मृतकहरू रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाण्डूकी ५८ वर्षीया महिला हुन्।

संक्रमणको छायाँ कहाँ कहाँ ?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

काठमाडौं उपत्यकामा १ सय ६८ सङ्क्रमित थपिएका छन्। तीमध्ये काठमाडौं जिल्लाका १ सय ३९, ललितपुरका १५ र भक्तपुरका १४ जना छन्।

त्यसैगरी पर्सामा ७७ , बारामा ५७, मोरङमा ४० र सुनसरीमा ३१ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

काठमाण्डू उपत्यकामा २१०० जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण. भदौ १ गते अपराह्णसम्मको तथ्याङ्क. .

मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्खया २ हजार १ सय ३४ पुगेको छ।

मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दबढी छ।

सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ।

परीक्षणको स्थिति

विगत २४ घण्टामा ११ हजार ५ सय २० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण. गत १२ साताको साप्ताहिक थप सङ्क्रमण. * साप्ताहिक रूपमा समष्टिगत गरिएको तथ्याङ्क.

सोही अवधिमा १ सय ५६ जना भाइरसमुक्त प्रमाणित भए।

अहिलेसम्म १७ हजार ४ सय ९५ सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ। अर्थात् ६४.२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन्।

अहिले देशभरि क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.