काठमाडौं, २ भाद्र । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ।
सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
यस पहिले काउन्सिलको कार्यवाहक अध्यक्ष रहनुभएका किशोर श्रेष्ठलाई विस्थापित गरी सरकारले भण्डारीलाई सो पदमा नियुक्त गरेको हो ।
पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठ काउन्सिल सदस्य पदमा भने यथावत् हुनुहुन्छ।
सरकारले भण्डारीलाई केही दिनअघि मात्र काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो।
यस्तै सोमबारकै बैठकले डा. कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको छ।
प्रेस काउन्सिल ऐन, २०४८ को ६ ९१० कअनुसार सरकारले गठन गर्ने काउन्सिलमा ‘सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिमध्येबाट नेपाल सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष हुने’ व्यवस्था छ।
तर सरकारले पूर्णकालीन अध्यक्षको नियुक्ति नगरेर कार्यबाहक अध्यक्ष नियुक्ति गर्नुृ नेपाल कम्युनिष्ट पार्टीको हालैको सत्ता संकटमोचनमा प्रधानमन्त्री ओलीलाई अभयदान दिने पार्टीका उपाध्यक्ष वामदेव गौतम निकट मानिनु हुने किशोर श्रेष्ठलाई पहिलो निशाना बनाइएकोले नेकपाको आन्तरिक राजनीति कता जान्छ भन्ने भेउ पाउन निकै कठिन भएको छ ।


















