Prakash Adhikari August 18, 2020

 

सिड्नी(अष्ट्रेलिया), २ भाद्र । अस्ट्रेलियाका सञ्चारमाध्यममा एक व्यक्तिले विश्वका सबभन्दा ठूला माछामध्ये मानिने ह्वेल शार्कको आक्रमणमा परेकी आफ्नी श्रीमतीलाई जोगाएको घटनाले निकै चर्चा पाएको छ।

मार्क प्ले नामक व्यक्तिले सानो डुङ्गा आकारको सर्फबोर्डबाट हाम फालेर श्रीमतीलाई लुछिरहेको शार्कलाई झम्टिएको र नछाड्दासम्म उक्त सामुद्रिक जीवलाई मुड्की बजारिरहेको बताइएको छ।

शार्कले आक्रमण गर्दा ३५ वर्षीया शान्टेल डोयल नामक ती महिला न्यू साउथ वेल्सको पोर्ट मक्वोरीस्थित शेली समुद्री तटमा सर्फबोर्डमा तैरिँदै हुनुहुन्थ्यो।

तर डोयल शार्कको कब्जामा परेको देखेपछि उनका पति शार्कमाथि यसरी जाइलाग्नु भयो कि डोयल मुक्त नहुँदासम्म मुड्की हानेर किनारमा पुर्‍याउनुभयो।

दाहिने खुट्टामा गम्भीर घाउ भएकी डोएलको हवाई उद्धार गरियो।

Chantelle Doyle mauled by an enormous shark on at a popular beach on the New South Wales coast

पोर्ट मक्वोरी न्यूजले विज्ञहरूलाई उद्धृत गर्दै डोयललाई तीन मिटर जति लम्बाइ भएको बच्चा शार्कले आक्रमण गरेको ठानिएको उल्लेख गरेको छ।

प्रशंसा
न्यू साउथ वेल्स सर्फ लाइफ सेभिङका प्रमुख कार्यकारी स्टीभन पीएर्सले सञ्चारमाध्यमले मार्क रेप्लेको आँटको प्रशंसा गर्नुभएको छ।

सिड्नी मोर्निङ हेराल्डले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ती मानिस शार्कमाथि जाइ फाले र श्रीमतीलाई छुटाउन त्यसलाई हिर्काए। त्यसपछि समुद्र किनारसम्म पुग्न सहयोग गरे। निकै बहादुरी र बलपूर्ण काम।’

न्यू साउथ वेल्स एम्बुलेन्सका इन्स्पेक्टर एन्ड्रू बेभर्लीले स्वास्थ्यकर्मी पुग्नुअघि डोयललाई समुद्री तटका मानिसहरूले प्राथमिक उपचार गरेको जानकारी दिनुभयो।

एउटा ठूलो शार्क
उहाँले भन्नुभयो, ‘त्यहाँ उपस्थित मानिसहरूले गरेको सहयोग सराहनीय छ। उनीहरूले प्रशंसायोग्य काम गरेका थिए।’

केही महिनायता उक्त तटीय क्षेत्रनजिक शार्कले गम्भीर खालको आक्रमण गरेको यो तेस्रो घटना भएको उहाँले जानकारी दिनुभयो।

घाइते महिलालाई विमानबाट न्यू क्यासल अस्पतालमा शल्यक्रियाको निम्ति लगिएको र उहाँको अवस्था स्थिर रहेको बताइएको छ।

Share Now

Leave a comment.