बर्लिन(जर्मनी), ६ भाद्र(बीबीसी) । झुक्याएर बिष सेवन गराइपछि गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी पुर्याइएको छ।
हाल अचेत अवस्था (कोमा)मा रहेका उहाँलाई चियामा विष हालेर दिइएको समर्थकहरूको आशङ्का छ।
लगत्तै जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनुभएको थियो।
ओम्स्कमा एलेक्सीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले अन्यत्र लानका लागि विरामीको अवस्था निकै नाजुक रहेको बताएका थिए।
तर पछि उडानका लागि उहाँको अवस्था स्थिर रहेको उनीहरूले बताए। पत्नी युलीया नोभाल्नीसँगै जर्मनी जानुभएको छ।
जर्मनीको गैर सरकारी संस्था सेन्टर फर पीसले उहाँको उडानको खर्च बेहोर्दे छ। उहाँलाई बर्लिन लगिएको छ।

‘एलेक्सी सवार विमान उडिसकेको छ’,उहाँकी प्रवक्ताले शनिवार बिहान ट्विट गर्नुभएको थियो, ‘समर्थनका लागि सबैलाई हार्दिक धन्यवाद। एलेक्सीको जीवन र स्वास्थ्यका लागि सङ्घर्ष सुरु हुँदै छ।’
मस्को जाँदै गर्दा बिहीवार उहाँ बिरामी पर्नुभएको थियो। लगत्तै उहाँ सवार विमानले आपत्कालीन अवतरण गरेको थियो।
सामाजिक सञ्जालमा देखा परेका तस्बिरहरूमा उडान अघि विमानस्थलमा उहाँले एउटा कपमा केही पिउँदै गरेको देखिन्छ। उहाँको टोलीले त्यो चियामा विष हालिएको हुन सक्ने आशङ्का गरेको छ।
चिकित्सकहरूको भनाई

शनिवार बिहान नभाल्नी सवार विमान बर्लिनका लागि उडेको थियो
नभाल्नीको उपचारमा संलग्न प्रमुख चिकित्सकले उहाँलाई आफूहरूले हवाई यात्राका लागि सिफारिस नगर्ने बताएका थिए ‘तर उहाँकी पत्नीले भने जर्मनीस्थित अस्पतालमा स्थानान्तरण गर्नुपर्ने’मा जोड दिनुभएको थियो।
कोमामा रहनुभएका उहाँको स्थिति स्थिर रहेको बताइएको छ।
नभाल्नी लिएर आएको विमान टेगल विमानस्थल बर्लिनमा शनिवार विहान अवतरण गरेको छ ।

नभाल्नी लिएर आएको विमान टेगल विमानस्थल बर्लिनमा शनिवार विहान अवतरण गरेको छ
चिकित्सकहरूले उहाँको शरीरमा विष नपाइएको बताउँदै उहाँको त्यो अवस्था रगतमा चिनीको मात्रामा कमीका कारण भएको ूमेटाबोलिक डिसअर्डरलेू निम्ताएको हुन सक्ने सङ्केत गरेका छन्।
त्यसपछि उहााको छाला र कपालमा औद्योगिक रसायनको अंश पाइएको चिकित्सकहरूले सङ्केत गर्नुभएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नीले सरकारी भ्रष्टाचारको भण्डाफोर गर्दै आउनुभएको थियो । ४४ वर्षीय नभाल्नी कैयौँ पटक जेल पनि परिसकेका छन्।
उहाँले गत जुन महिनामा संविधान सुधारको निम्ति गरिएको मतदानलाई ‘कुु’ र ‘संविधानको उल्लङ्घन’को सङ्ज्ञा दिनुभएको थियो।


















