काठमाडौं, १३ भाद्र । रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर बाँडफाँट भएको छ ।
शुक्रबार गोलाप्रथाबाट भएको बाँडफाँटमा ५ लाख ६७ हजार जनाले १० कित्ताको दरले सेयर पाएका छन भने २० हजार ५ सय ९ जना सेयर पाउन सकेनन् ।
इन्स्योरेन्सले भाद्र ४ गतेदेखि ८ गतेसम्म निष्कासन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँट भएको हो ।
बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ जनाको आवेदन परेको थियो त्यसमध्ये १ हजार ९ सय ५५ वटा आवेदनहरु रद्द भएका थिए ।
कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये सामुहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले गोलाप्रथाबाट बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाएका छन् ।
आईपीओको नतिजा मेरो सेयरबाट पनि हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । मेरो सेयरको माई आश्वाको एलटेड क्वान्टिटीमा आफूलाई परेको कित्ता देखिने छ ।
यसबाहेक मेरो लगानी र सेयर संसारले पनि आफ्नो वेभसाइटमा यसको नतिजा हेर्न व्यवस्था गरेका छन् । रिलाइन्स लाइफ कम्पनी चयन गरी आफ्नो बीओआइडी नम्बर राखेपछि आफूलाई परे नपरेको नतिजा निस्कन्छ । नतिजा हेर्न यहाँ क्लिक गरी आफ्नो बीओआईडी नम्बर भर्नुहोस् :


















